आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राखेपका २२ कर्मचारी प्रदेशमा, समायोजन नहुँदासम्म काजमै

राखेपका २२ कर्मचारी प्रदेशमा, समायोजन नहुँदासम्म काजमै


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८१, सोमबार

पोखरा/राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तरगत गण्डकीका २२ कर्मचारी काजमा प्रदेश खेलकुद परिषद गण्डकीमा हाजिर भएका छन् । जिल्ला र क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु अव देखि प्रदेश खेलकुदमा अनिवार्य हाजिर हुनुपर्ने भएको छ ।
२०८० जेठ २१ गते राखेपको सदस्य सचिव स्तरीय निर्णय अनुसार जेठ ३२ गते एक पत्र जारी गर्दै कर्मचारी काजमा प्रदेशअन्तरगत जिल्लासम्म जाने व्यवस्था गरेको थियो । तर, गण्डकीमा भने कर्मचारीहरु अन्योलतामै रहेका थिए । आइतबारदेखी भने राखेपका कर्मचारी प्रदेशमै खटिएका छन् । राखेपले पठाएको पत्र अनुसार अब क्षेत्रीय खेलकुद विकास समिति खारेज भएको छ । साविकको क्षेत्र तथा जिल्ला खेलकुद विकास समितिमा रहेका कर्मचारी समायोजन नभएसम्म संघीय संरचना अनुसार प्रदेश मातहातकै कार्यालयमा खटाउने निर्देशन भएको छ । ‘राष्ट्रिय खेलकुद परिषदको संगठन संरचना तथा विनियमावली बन्ने क्रममा रहेकाले कर्मचारी समायोजन नभएसम्मको लागि हाललाई परिषद अन्र्तगत सावि क्षेत्र तथा जिल्ला खेलकुद विकास समितिमा कार्यरत कर्मचारीहरुलाई संघीय संरचना अनुसार तहाँ प्रदेश मातहत कामकाज गर्न खटाउने’ पत्रमा भनिएको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले राखेपको पत्रसँगै अब प्रखेपको मातहातमा आएका कर्मचारीले प्रदेशबाटै सबै सेवा पाउने र प्रदेशले नै उनीहरुलाई हेर्ने बताए । राखेपले कर्मचारी समायोजनमा ढिलासुस्ति गर्दा क्षेत्र र जिल्लामा रहेका कर्मचारीहरु राखेपअन्तर्गत रहने वा प्रदेशअन्तर्गत भन्ने अन्योलता छाएको थियो । तर, समायोजन गर्ने प्रक्रिया चलिरहँदा हाललाई काजमा राखिएको हो । यस अघि गण्डकीमा राखेप र प्रखेप बिचमा मनमुटाव रहेको थियो । संघीयताअनुसार संघदेखी प्रदेशसम्म ऐन तथा कानुन निर्माण भएतापनि कार्यान्वयन नहुँदा मनमुटाव भइरहेको थियो । सोही अनुसार प्रदेशले आफ्नो अधिकार खोज्दै क्षेत्रलाई खारेज गर्न माग गरिरहँदा गत मंसिरमा पोखरा रंगशालमा रहेको क्षेत्रीय खेलकुदको कार्यालय हटाइएको थियो । तर, राखेपले ऐनको धज्जी उडाउदै प्रखेपको बोर्ड राख्नुपर्नेमा क्षेत्र हटाएर राखेपकै बोर्ड राखेको थियो जुन अहिलेपनि यथावत छ । राष्ट्रिय खेलकुद विकास ऐनले राष्ट्रिय खेलकुद विकास समितिको कार्यालय काठमाडौंमा रहने व्यवस्था गरेको छ । खेलकुद विकास ऐन २०७७ को परिच्छेद–२ दफा ६ मा ‘परिषदको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।’ भनि स्पष्ट उल्लेख भएतापनि पोखरामा समेत बोर्ड राखिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले कार्तिक २२ गते जिल्ला खेलकुद विकास समिति कास्कीलाई पत्र पठाउँदै रंगशालाको मर्मत, संभार, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । सोही पत्रमा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख बरिष्ठ नायव प्रशासकीय अधिकृत लक्ष्मण योगीलाई बोधार्थ तोक्दै क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड हटाउन अनुरोध समेत गरेको थियो ।
यी हुन् जिल्लागत काजमा राखिएका राखेपका कर्मचारीहरु
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा नायव सुब्बा डम्बर बहादुर नेपाली र बलराम लामा रहेका थिए । जिल्ला खेलकुद विकास समिति अन्तरगत कास्कीमा तेक्वान्दोका प्रशिक्षक सुनबहादुर लामा कार्यालय प्रमुखका रुपमा रहेका छन् । अनिल अधिकारी इन्जिनियर (अधिकृत तृतीय प्राविधिक), सुरेन्द्र कुमार गुरुङ सहायाक प्रशिक्षक कराते र जिवन घिमिरे प्रशिक्षक शारीरिक सुगठन ।
गोरखामा ग्याम्जो लामा (कराते प्रशिक्षक), सरोज थापा (तेक्वान्दो प्रशिक्षक), तनहुँमा शिवहरि पण्डित (लेखापाल), सर्वदा भण्डारी (कार्यालय सहयोगी), स्याङजामा बरुण गैरे (प्रमुख), मनाङमा दुध बहादुर गुरुङ प्रमुख (प्रशासकीय अधिकृत), मुस्ताङमा सुमन थकाली प्रमुख, पर्वतमा जगदश कुंवर प्रमुख, बागलुङमा राजेश बास्कोटा (प्रमुख) पर्शुनारायण बोहरा प्रशिक्षक तेक्वान्दो, दिलबहादुर किसान प्रशिक्षक उसु, म्याग्दीमा दानबहादुर राई प्रमुख (लेखापाल), कर्णबहादुर प्रधान प्रशिक्षक तेक्वान्दो र नवलपरासी पूर्वमा विष्णुलाल श्रेष्ठ प्रमुखको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->