बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डेंगीबारे सचेतना जगाउँदै टोल विकास संस्था

डेंगीबारे सचेतना जगाउँदै टोल विकास संस्था


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

पोखरा/डेंगीका विरामी बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने गरी पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको जरुवा टोल विकास सस्थाले डेंगी सचेतना कार्यक्रम संचालन गरेको छ ।
रोग लाग्नु पूर्व नै सचेत रहनु सबैभन्दा उत्तम हो भन्दै संस्थाले आफनो टोलको क्षेत्राधिकारभित्र ‘खोज र नष्ट गर’ अभियानअन्तर्गत लामखुट्टेले स्थायी बसोवास गर्न सक्ने र पानी जम्ने ठाउँको खोजी तथा नष्ट गर्ने उपायका बारेमा जानकारी गराइएको स्थानीय समाजसेवी शिवप्रसाद भण्डारीले जानकारी दिए ।
संस्थाकी अध्यक्ष जानुका सुवेदीको नेतृत्वमा निस्किएको समुहले चाडवाडको समयमा बिरामी पर्न सकिने सम्भावनालाई मध्यनजर राख्दै सृजना बहिरा स्कूलदेखि गडुवाखोला वरपर र श्री सिद्देश्वर महादेव मन्दिर परिसरमा सरसफाइसहित सचेतना कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->