आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मैत्रीपूर्ण फुटवलमा पत्रकार महासंघ विजयी

मैत्रीपूर्ण फुटवलमा पत्रकार महासंघ विजयी


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८१, मंगलबार

बागलुङ/नेपाल बिद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको मैत्रीपूर्ण फुटवल खेलमा पत्रकार महासंघ विजयी भएको छ । हरितालिका तीजको अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पसलाई ३–२ गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ बागलुङ विजयी भएको हो ।
आइतबारबाट संचालित कार्यक्रममा पहिलो दिनको खेलमा संयुक्त विद्यार्थी संघलाई पराजित गर्दै नेविसंघले पत्रकार महासंघसंग फाइनल खेलको थियो । खेलमा पत्रकार महासंघले विजयी भयो ।
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस बागलुङका क्यापस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->