बागलुङ/गुठी युवा क्लबले तिजको अवसरमा आयोजना गरेको स्लो बाइक रेस प्रतियोगितामा शैलेन्द्र खड्का च्याम्पियन बनेका छन् ।
विजेता खड्काले नगद ५ हजार पुरस्कार पाए । प्रतियोगितामा द्वितिय हुने मिलन रोका र तृतिय हुने रवि बोहरालाई क्रमशः ३ र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको क्लबका सचिव सुवास रुचालले जानकारी दिए । दु्रत गतिका कारण निम्तने दुर्घटनाको जोखिम कम गर्न स्लो बाइक रेस प्रतियोगिताले सकरात्मक सन्देश प्रवाह गर्ने आयोजक गुठी युवा क्लबको विश्वास छ ।
यस्तै, मेलाको दोस्रो दिन सम्पन्न खुल्ला घैंटोफोर प्रतियोगिताको पुरस्कार आयुस थापाले जितेका छन् । थापालाई क्लबका अध्यक्ष उमेशलाल मिजार र संस्थापक अध्यक्ष दिपेन्द्र रुचालले नगद ५ हजारसहित पुरस्कृत गरेका थिए ।





