बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ नगरमा फोहोरलाई शुन्य बनाउने अभियान

बागलुङ नगरमा फोहोरलाई शुन्य बनाउने अभियान

नगरपालिकाले चालु वर्ष १ करोड रुपैयाँ खर्चेर उक्त परियोजना संचालनमा ल्याएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

बागलुङ/बागलुङ नगरपालिकाले कुहिने, नकुहिने र सिसाजन्य फोहोर अलग अलग संकलन गरेर जिरो वेस्ट अर्थात् डंगुर नबनाई व्यवस्थापनको तयारी गरेको छ ।
काठेखोला छेउमा फालिएको फोहोर हटाएर उक्त स्थानमा प्रशोधन केन्द्र निर्माणको काम भैरहेको छ । हाल फोहोर फालिएको खुतुर्केमा ठाउँ खाली गरेर सफाइ गरिएको हो । यहाँको फोहोर पश्चिम तर्पmको जमिन सम्याएर राखिएको छ । माटोले छोपेर उक्त स्थानमा हरियाली पार्क बनाउने पनि नगरपालिकाको योजना छ ।
खुतुर्केमा तीन खण्ड बनाएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको व्यवस्थापन गर्न लागेको हो । नगरपालिकाले चालु वर्ष १ करोड रुपैयाँ खर्चेर उक्त परियोजना संचालनमा ल्याएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उक्त बजेटबाट हाल फोहोर व्यवस्थापनका लागि संरचना निर्माण र व्यवस्थापन गरिनेछ । त्यसपछि कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने, नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने व्यवस्थापन मिलाइएको हो । अस्पतालजन्य फोहोर, सिसा समेतलाई शुन्य बनाउने कोरियाली प्रविधिको मेसिन भित्राउने नगरपालिकाको लक्ष्य छ ।
‘हरेक घरमा वितरण गरिने ३ वटा बाल्टीमा कुहिने, नकुहिने र सिसाजन्य बस्तु संकलन हुनेछ’ श्रेष्ठले भने, ‘हरेक दिन तीनथरी फोहोरलाई छुट्टाछुट्टै गाडीले संकलन गरेर व्यवस्थापन गरिने छ ।’ त्यसका लागि नगरपालिकाले बितरण गर्ने रातो, निलो र हरियो बाल्टी जस्तै फोहोर संकलन गर्ने गाडी पनि तीन रंगको बनाईएको छ ।
सडक छेवैको डम्पिङले दुर्गन्ध फैलिंदा स्थानीयले सास्ती खेपेका थिए । अब भने दैनिक फोहोरको व्यवस्थापन भएपछि डम्पिङ साइटमा दुर्गन्धरहित हुनेछ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकोले नगरपालिकाले तीनवटै फोहोर संकलन गर्ने स्थानमा पनि भुई ढलान गरेर जस्तापाताले छाउने तयारी छ ।
२०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । वडा नं. १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको फोहोरको डंगुर पनि खाली गराइएको हो । कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने प्लाष्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने र अन्य फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाइने भएको हो ।
कोरियाको वातावरण विभाग अन्र्तगतको ‘एएलके इसिओ’ कम्पनीसंग नगरपालिकाले प्रारम्भिक सम्झौता गरिसकेको छ । हाल थुपारिएको फोहोरमाथी माटो राखेपछि दुवो रोपेर हरियाली पार्क बनाउने योजना पनि नगरपालिकाको छ । त्यसपछि कुनैपनि दुर्गन्ध नआउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए । कम्पोष्ट मल निर्माणका लागि बलेवा वा अन्य स्थानमा जमिनको खोजी भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->