बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चार दशकपछि लमजुङ अस्पतालमा आइसियू कक्ष सञ्चालन

चार दशकपछि लमजुङ अस्पतालमा आइसियू कक्ष सञ्चालन


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८१, आइतबार

लमजुङ / लमजुङ जिल्ला अस्पतालमा करिब चार दशकपछि आइसियू कक्ष सञ्चालनमा आएको छ । ०४२ मा भवन निर्माण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमशः विस्तार गर्ने क्रममा करिब चार दशकपछि आइसियू कक्ष सञ्चालनमा ल्याएको हो ।

शनिबार सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइसियू कक्षको उद्घाटन गरेका हुन् । उनले अस्पतालको भवन पुराना भएकाले सुविधायुक्त भवन बनाउन पहल गर्ने बताए । गत १८ वैशाखबाट पाँच शय्याबाट सुरु भएको आइसियू कक्षमा हालसम्म दुई सय ६ जनाले सेवा लिएका छन् ।

आइसियू कक्ष सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामै उपचार सम्भव हुने अस्पतालका अध्यक्ष हरिजंग तामाङले बताए । जिल्लामा आइसियू उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था थियो ।

अब त्यो समस्या समाधान भएको अस्पतालले जनाएको छ । यसअघि मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले २२ वर्षसम्म सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल ३ कात्तिक ०७९ बाट प्रदेश सरकारमातहतमा सञ्चालन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->