पोखरा/गायक तथा संगीतकार रामभक्त जोजिजूको ‘सिसा रहेछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । तेज श्रेष्ठ ‘अन्जान’ को रचनामा रहेको उक्त गीतमा रामभक्त जोजिजूले स्वर तथा संगीत दिएका छन् ।
सञ्जीव पलको सङ्गीत–संयोजन गरिएको सो गीतको भिडियोमा झलक थापा, नरेश केसी, सुस्मिता बन्जारा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
रामप्रसाद बाँस्तोलाको कथा निर्देशन र सन्तोष पराजुलीको सहनिर्देशन रहेको म्युजिक भिडियोलाई दीपेश केसीले छायाँङ्कन गरेका हुन् ।
प्रेमी र प्रेमिकाका बीचमा उमेरमा देखिएको भिन्नता र जातीयताका कारण आपसमा छुट्टिनुपर्दाको वियोगान्त कथावस्तुलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । वरिष्ठ साहित्यकार सरुभक्तले गायक रामभक्तको नयाँ गीति–सौगातले श्रोता र दर्शकको मन छुने अपेक्षा राखे ।





