बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ससुरालीमा नुहाउने क्रममा मादी नदीले बगाएर एक जनाको मृत्यु

ससुरालीमा नुहाउने क्रममा मादी नदीले बगाएर एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८१, आइतबार

दमौली/तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

थारू गाउँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शव  निकालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->