बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राणाकालीन सार्वजनिक विद्यामन्दिर पुस्तकालयबारे संस्मरण

राणाकालीन सार्वजनिक विद्यामन्दिर पुस्तकालयबारे संस्मरण


  • याम बहादुर थापा मगर
  • मंसिर १ २०८१, शनिबार

आलेखको आरम्भ
म दैनिकजसोः फुर्सदको समय निकालेर नियमितझैं कार्यालय समय पश्चात विद्यामन्दिर पुस्तकालय, बागलुङको अध्ययन कक्षमा पुस्तक अध्ययन गरेर बसेको थिए । विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’सँग साक्षात्कार भएपछि चियापान भयो । पुस्तकालयमा पाँच÷छ जना मात्र पाठकहरु थिए । राम थापासँग थप भलाकुसारी हुँदै गएपछि विद्यामन्दिर पुस्तकालयको निकट भविष्यमा हुने अधिवेशन तथा साधारण सभामा विमोचन गर्नेगरी ‘झिल्का’ नामक स्मारिका प्रकाशन गर्नका लागि विभिन्न लेखकहरुलाई पत्र पठाइसकिएको छ । हजुर दाजु स्वयम् पुस्तकालयमा उपस्थित भएकोले एउटा लेख लेख्नका लागि मौखिक अनुरोध भयो । मैले हुन्छ लेखौला नि भन्दै सहमति जनाएपछि विगत वर्षहरुमा प्रकाशन भएका ‘झिल्का’ नामक स्मारिका अध्ययन गरेर सन्दर्भ सामाग्रीहरुका आधारमा लेख्ने छु भनी छोटो सम्बाद र बसाइपछि पुस्तकालयबारे जोडिएर आलेख लेख्नका लागि मलाई उत्साहबद्र्धक आधार र भावना जाँगेको हो । विद्यामन्दिर पुस्तकालयका बारेमा थुप्रै सुनौला इतिहासका पानाहरु फरक फरक विद्धान महानुभावहरुले लेख्नु हुने नै छ । मैले पुस्तकालयसँग विगतमा वि.स. २०६६ मा सर्वोकृष्ट पाठक सम्मान भएको नाताले र त्यसभन्दा पहिला साधारण सदस्य भए । वि. स. २०७१ सालमा आजिवन सदस्य भएकाले अन्तरसम्बन्धित छु । मैले हालसम्म नेपालभरिका पुस्तकालय भ्रमण गर्ने योजना भएपनि हालसम्म धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ, बेनी सामुदायिक पुस्तकालय म्याग्दी, पृथ्वी नारायण बहुमुखी क्याम्पस पोखरा, सामुदायिक पुस्तकालय महेन्द्रपुल पोखरा, लक्ष्मी नारायण पुस्तकालय बेशीशहर लमजुङ, डिल्लीरमण रेग्मी पुस्तकालय प्रतिष्ठान काठमाडौं, मोती पुस्तकालय फलेवास पर्वत, राष्ट्रिय पुस्तकालय केशरमहल काठमाडौं, नेपाल भारत मैत्री संघ पुस्तकालय सुन्धारा काठमाडौंमा केही समय अध्ययन गरेर समय बिताएको छु । तर अझैपनि मलाई त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, मदन पुस्तकालय, काठमाडौं, अमेरिकन लाइब्रेरी काठमाडौं, किरण पुस्तकालय गुल्मीलगायत विभिन्न शहरमा भएका पुस्तकालयहरु भ्रमण गर्न मन लागेको छ ।

पाठ्यपुस्तक बाहेक अन्य पुस्तकप्रति मोह र रुचि जगाउँनको लागि मलाई विद्यामन्दिर पुस्तकालय बागलुङले बहुत साथ र सहयोग गरेको छ । सुरुवातमा त मैले क्याम्पस तहको पुस्तकहरु समेत विद्यामन्दिर पुस्तकालयबाट नै खोजेर अध्ययन गर्ने गर्दथे । पछि विस्तारै समय क्रमसँगै बाह्रय पुस्तकहरुप्रति अध्ययन गर्न ध्यान पुगेको थियो । समयक्रम सँगै लोक सेवा आयोगको सुचना बमोजिम खरिदार, नायव सुब्बा, शाखा अधिकृतको पाठयक्रम मिल्दो सामाग्रीहरु अध्ययन गर्न समेत नियमित पुस्तकालय धाउने गरेको थिए ।

विद्यामन्दिर पुस्तकालय २००३ मा अध्ययन गरेका पुस्तकहरुको सुचि
म सुरुका दिनमा विद्यामन्दिर पुस्तकालयको सदस्य नभैकन पाठकका रुपमा जाने गर्दथे । म पुस्तकालयमा जाँदा दिउँसो चार बजेदेखि छ बजे मात्र खुल्थ्यो । पाठकहरुको भिडले गर्दा पत्रपत्रिकाहरु पालो कुरेर अध्ययन गर्नुपर्दथ्यो । मेरो आर्थिक हैसियत पुस्तक पसलबाट किनेर अध्ययन गर्ने किसिमको सक्षम थिएन । कुनै कुनै साथीहरुले गाउँघरमा किनेर लगेको सापट मागेर अध्ययन गर्ने गरिन्थ्यो । विद्यामन्दिरमा नियमित जानुपर्छ भन्ने बौद्धिक सोच र मानसिकता बनेपछि लगभग चार÷पाँच वर्षपछि साधारण सदस्य बनेर घरमा नै किताब लगेर रुचि अनुसारको अध्ययन गर्न थाले । साधारण सदस्य भईसकेपछि मलाई पुस्तकालयमा आउने नियमित सर्वोकृष्ट पाठक घोषणा गरेर सम्मान गरेपछि तुरुन्तै पुस्तकालयको आजिवन सदस्य बन्नका लागि मलाई अन्तरआत्मादेखि नै भावना जागृत भएको थियो । विद्यामन्दिर पुस्तकालयको साधारण सदस्य बनेपछि कुन कुन किताबहरु घरमा लगेर अध्ययन गरे भन्ने रकेर्ड उपलब्ध हुन सकेन । पुस्तकालयबाट लगेका पुस्तकहरु कुनै म रुचिकर र आनन्द लागेमा पाँच÷छ दिनमा नै सिध्याउने गर्दथे । कुनै पुस्तकहरु पन्ध्र दिनसम्म पनि अध्ययन गर्न नभ्याएर फेरी पन्ध्र दिन पुस्तकको म्याद थप गरेर अध्ययन गर्दथे । मैले पुस्तकालयबाट लगेका पुस्तकहरु सबै नाम र लेखकको नाम उल्लेख गरेपनि कुनै पुस्तकहरु सुरुदेखि अन्तसम्म पढन् असमर्थ भएको छु । सदस्य नंं ११८ रहेको मैले मिति २०७१ साल भाद्र १० गते आजिवन सदस्य भएको हो म । पुस्तक दर्ता र अभिलेख कार्डबाट हालसम्म मैले अध्ययन गरेका पुस्तकहरु यस प्रकार रहेका छन् । विचार विज्ञान – खप्तड स्वामी, आधुनिक नेपालको प्रशासनिक इतिहास – श्री कृष्ण, विश्वको इतिहास, जनसख्या शिक्षा, आइमाईको कुनै देश हुँदैन, ताप – शारदा शर्मा, कलम, भुई फुलको देश – शारदा शर्मा, हरियो साइकल– गोविन्द वर्तमान, मैले देखेको नेपाल – डा. हर्क गुरुङ, सिक्लेसको ठिटो, स्टिफेन हकिङ, समय विम्ब, जागिर भित्र, उत्तम ज्ञान, ओपन सेक्रेट, रविन्द्र मिश्रका कविताहरु, मेरो विश्वास मेरो आयाम, महाविर पुन, राष्ट्र परराष्ट्र – डा. भेष बहादुर थापा, नेपोलियन बोनापार्ट, ह्रदय – डा. भगवान कोइराला, लौहपुरुष – घनेन्द्र पुरुष ढकाल, माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म – जोन उड , नेपाल – डा. हर्क गुरुङ, रुकमान कटुवालको आत्म संस्मरण, भाग्यवाद र विकास – डोर बहादुर विष्ट, समय साक्षी – बविता बस्नेत, जिवन जिउने काइदा – राजु अधिकारी, स्व उपन्यास – सरस्वती प्रतिक्षा, एन्टिथेसिस – प्रकाश विकल्प, किन गरिब छ नेपाल ? – डा शास्त्रदत्त पन्तका किताबहरु अध्ययन गरेको छु । कुनै कुनै किताबहरु दैनिक साप्ताहिक रुपमा पुस्तकालयको समयभित्र नै अध्ययन गरेको थिए । तिनीहरुको नामावली उल्लेख गर्न असमर्थ भए । त्यसका अलावा मासिक, पाक्षिक, दैनिक पत्रपत्रिकाहरु, साप्ताहिक पत्रपत्रिकाहरु अध्ययन गर्न जाने बानी क्रमशः विकास भएको थियो । आजभोलि पनि फुर्सदको समयमा पुस्तकालय परिसरमा गएर समय बिताउन मन लाग्दछ । पुस्तकालयको परिसरमा रहँदा तनावमुक्त, केही केही नयाँ पुस्तक, पत्रपत्रिका अध्ययन गर्न मन लाग्ने, पुस्तकालय प्रेमीहरुसँग परिचय भै अध्ययनशील पाठकहरुसँग संगत बढाउन सजिलो, मादक पदार्थ र धुम्रपान जस्ता कुलतबाट टाढा हुन सहयोग गर्ने र पुस्तकालयले आयोजना गरेका विविध कार्यक्रमहरुमा जानकारी पाएसम्म र समय व्यवस्थापन भएसम्म सहभागी हुन तिव्र इच्छा जाँगेर आउँछ । फुटकर लेख रचना लेख्नका लागि सन्दर्भ सामाग्रीहरु उपलब्ध हुने र नयाँ तथा नौला पुस्तक अध्ययन गर्दा मैले पनि यदि प्रकाशक पाएमा पाँच÷छ वटा पुस्तकहरु पुस्तक बजारमा प्रकाशित गर्न सकिदो रहेछ भन्ने सोच र भावना आत्मबाटै बढेर आउँछ । यदि आगामी दिनमा समयले साथ दिएमा विभिन्न छरिएर रहेका लेखन सामाग्रीहरुलाई संकलन गरे पुस्तक प्रकाशन गरेर विद्यामन्दिर ज्ञानको अथाह भण्डार मन्दिररुपी कक्षमा मेरो पुस्तक सजाउने सपना छ ।

मैले पछिल्लो समयमा पुस्तकालयबाट घरमा लिएर अध्ययन गर्दाको समयको फोटो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने गरेको छु । ताकी घरपरिवारका छोराछोरीहरुलाई सकारात्मक उर्जा सृजना भई स्थायी साथी जिवनभर पुस्तकलाई बनाउनका लागि प्रेरणा मिलोस् भन्ने व्यक्तिगत चाहना मात्र हो । समाजका विषयमा चासो र चिन्ता लिएर पढ्नु पर्छ भनेर सिकाउँदा उल्टो अर्थ लगाएर हाँसहरुको माझमा बकुल्लाको सहभागी भएको सरह बनाउँछन् । समाजमा बुढापाकाहरुबाट सिक्ने र ज्ञान, शिप, उपदेशलाई सिकाईसहित उपलब्धीका रुपमा लिने परिपाटीमा ह्रास आएको अवस्था छ ।

छोराछोरी अध्ययनशील होलान् कि भन्ने मनोकांक्षा
मैले अहिलेसम्म सात÷आठ वटा फोटोहरु विद्यामन्दिर पुस्तकालयको अध्ययन कक्षमा बसेर पढ्न लागेको फोटो खिचेको छु । आगामी दिनहरुमा नयाँ नयाँ र नौला पुस्तकहरु अध्ययन गर्न लागेको नयाँ नयाँ फोटोहरु खिच्ने योजना छ । साथमा मेरा छोरी रुयासा थापा र छोरा हिम्मत थापासहित जिवनसंगिनी रुपक देवी थापालाई समेत फोटोसेशनमा सहभागी गराउने योजना छ । जुन विद्यामन्दिर पुस्तकालय आउनुहुने सबै महानुभावहरुले पत्रपत्रिका, पुस्तकहरु अध्ययन गर्न लागेको फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेमा सबै पाठकहरुलाई पठन संस्कृति अभिवृद्धि गर्नका लागि सुक्ष्म भएपनि सहयोग पुग्न सक्दछ । पहिला त सानो छाप्रो जस्तो घरमा सिमित थियो विद्यामन्दिर पुस्तकालय । अहिले त भव्य भवनमा पुस्तकालय सञ्चालन भएको छ । सो पुस्तकालयको साधारण सदस्य छोरी रुयासा थापा मगर बनेको अवस्था छ । तर नियमित पुस्तकालय आई नयाँ नयाँ पुस्तकहरु अध्ययन गर्नमा बानी पार्न मलाई बहुत धौ भएको अवस्था छ । छोरी रुयासालाई आत्मबोध भएको छ तर अन्तरह्रदयमा बोध भएर पुस्तकालयको नियमित ग्राहक र पाठक बनाई वर्षको सर्वोकृष्ट पाठक बनाउनमा मलाई चुनौती थपिएको छ । जिज्ञासु र अध्ययनशील भै छोरी रुयासा थापा मगर किताबको स्थायी साथी बनोस् अनि किताब उपहार दिने सँस्कार सिकोस् भनेर पुस्तकालयको आड भरोसा र झिल्का स्मारिकाको आलेखमार्फत भन्न चाहान्छु ।

छोरा हिम्मत थापा मगर नाबालक उमेरमा छन् । उनलाई मैले एक÷दुई पटक नयाँ पुस्तक हस्तान्तरण गरेको फोटो खिचेको छु तर सामाजिक सञ्जालमा अपलोड नगर्ने शर्तमा फोटो हामीले खिचेका थियौं । तर छोरा हिम्मतले विद्यालयमा विदा हुँदा र पुस्तकालय खुल्ला हुँदा एक्लै भएपनि बाह्रय पुस्तक अध्ययन गर्न गएको अवस्था छ । सो बानी र दैनिकप्रति म अत्यन्त खुशी भएको छु । छोरा हिम्मतले नेपाली भाषामा कमजोर क्षमता राख्दछ तर अंग्रेजी भाषामा अलि बढी नै रुचि लाग्दछ । उसले अहिलेसम्म अंग्रेजी भाषा छ वटा किताब अध्ययनका लागि माग गरेबमोजिम मैले किनिदिएको छु । ज्इध् तय त्बपि तय ब्ल्थ्इल्भ् धचष्तभच दथ ीभ्क्ष्ी ीइध्ल्म्भ्क्, त्ज्भ् एकथअजययिनथ इा ःयलभथ धचष्तभच दथ ःइच्न्ब्ल् ज्इग्क्भ्ी, त्ज्भ् द्धड ीब्ध्क् इा एइध्भ्च् ध्चष्तभच दथ च्यदभचत न्चभभलभ, त्क्ष्ःभ् ःबलबनझभलत ध्चष्तभच दथ क्गमजष्च म्ष्हष्त अंग्रेजी भाषाका किताबहरु हुन् । विद्यामन्दिर पुुस्तकालयमा अंग्रेजी, हिन्दी र नेपाली भाषाका पुस्तकहरु छन् । तिनलाई अध्ययन गरेर नेपाली र हिन्दी भाषाका थप पुस्तकहरु अध्ययन गरेर शब्द भण्डार बढाएर भाषिक शक्ति निर्माण गर्न अनुरोध गरेको छु । छोरा हिम्मत थापा बालिग उमेरमा प्रवेश गर्दा वित्तिकै पुस्तकालयको आजिवन सदस्य बन्ने र थुप्रै किताबहरु पुस्तकालयमा अध्ययन गर्नमा स्वयम् लाग्ला भनेर अभिभावकको हिसाबले सोचेको छु । यदि संगत मिल्छ भने छोराछोरीका साथीहरुलाई समेटेर अरु थुप्रै साथीहरुलाई विद्यामन्दिर पुस्तकालयमा प्रवेश गराउन र सदस्य विस्तार गरी पठन संस्कृति बढाउन अभियान चलाउन सकुन भन्ने कामना गर्न चाहान्छु ।

व्यक्तिगत पुस्तकालय बनाउने योजना बनेको अवस्था
विद्यामन्दिर पुस्तकालयमा भएको पुस्तकहरु दराजहरुमा लहरै राखेको देख्दा सुरुवाती दिनमा रहर लाग्थ्यो । कुनै साथीहरुको घरमा जाँदा किताब र्याकमा किताबहरु लहरै देख्दा मनमा मैले पनि यस्तै किताबहरु संकलन गर्न पाए हुन्थ्यो भन्ने सोच बन्थ्यो । तर सुरुवाती दिनमा सोच मात्र बन्यो पुरा हुन पाएन । तर समय क्रमसँगै कुनै कुनै साथीहरुले अध्ययन गरिसकेका पुस्तक संकलन हुन थाले । कुनै संघ संस्थाहरुका वार्षिक प्रतिवेदन संग्रह हुन थाले, अनेरास्ववियु लगायत राजनीतिक पार्टीका सांगठनिक प्रतिवेदनहरु संकलन हुन थाले । राजनीति शास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्रका स्नातकोत्तर तहका किताबहरु कुनै किनेर त कुनै मागेर संकलन हुन थाले । खरिदार, नावय सुब्बा, शाखा अधिकृतहरु तयारी गर्दा संकलन भएका किताबहरु घरमा जम्मा हुन थाले । कुनै कुनै पुस्तकहरु थोरै मात्रामा किनेर समेत अध्ययन गर्न थाले । समय समयमा फुर्सदको तालिका अनुसार मेरो लेख लेख्ने बानीले विभिन्न संघसंस्था, विद्यालयहरुले प्रकाशन गर्ने स्मारिकाहरुमा लेख प्रकाशन हुँदा संग्रह भएका किताबहरु लगायत विभिन्न दैनिक पत्रपत्रिकाहरुको संकलनका फाइलहरु मैले घरमा संकलन गर्दा किताब राख्ने र्याक व्यवस्थापन गर्दै जाँदा घरमा मिनी निजी पुस्तकालय ख्याल ख्यालैमा बनेको अवस्था छ । कुनै किताबहरु व्यवस्थापन गर्न नसकेर श्री माछापुच्छ्र्र्रे प्राथमिक विद्यालय भकुण्डे लामीडाँडा, श्री भैरव माध्यमिक विद्यालय भकुण्डे, बागलुङलाई विद्यालयको पुस्तकालयमा सजावट गरेर विद्यार्थीहरुको अध्ययनका लागि हस्तान्तरण गरेको थिए । आगामी दिनहरुमा अझै पुस्तक विमोचन कार्यक्रम, पुस्तक परिचर्चा लगायतका साहित्यीक कार्यक्रममा सहभागी भएबापत संकलन हुने किताबहरुलाई व्यवस्थापन गर्न निजी पुस्तकालय घरमा व्यवस्थित गर्न जरुरी ठानेको छु । तर आजभोलि त अडियो बुक, डिजिटिल बुक, डिजिटल पत्रिका, ईपेपरमा उपलब्ध हुने सुचना र प्रविधिको प्रयोग गरेर धेरैभन्दा धेरै किताब संकलन र अध्ययन गर्ने योजना बनाएको छु । तर मलाई अंग्रेजी र हिन्दी भाषामा कमजोर भएकाले ति पुस्तकहरु अध्ययन गरेर बौद्धिक र ऐतिहासिक ज्ञान लिनमा कतै म चुकेको छु कि जस्तो लाग्दछ । साहित्य भित्रका गीत, संगीत, निबन्ध, कथा, मुक्तक, गजल, नियात्रा, आत्म संस्मरण, जिवनीलगायत विभिन्न आयामका किताबहरु संकलन गरेर मेरा गाउँका युवा जमात, क्रियाशिल आमा समुहले अधिकांश समय जुवा तास, मद्यमान, धुम्रपान गरेर बिताउने दुर्गतिको कार्यशैलीमा भनेर नभई गरेर मुखभरिको जवाफ सकारात्मक तरिकाले दिनुपर्ने भएको छ । समाजमा अल्पमतमा परेका छन् कि अध्ययन गर्नुपर्छ, पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने दक्ष र सबल तथा सक्षम व्यक्तिहरु । तर बहुमतमा समाजका मानिसहरु पढेर हात्ती ठुलो भएको हो र ? पढ्न र किताब किन्न पैसा खर्च गर्नु हुँदैन भनेर शिक्षामा भएको खर्चलाई लगानी भनेर बुझदैनन् । रक्सी, मासु खान, तास, जुवा खेल्न, धुम्रपान गर्न युवाहरु जम्मा भएर अमुल्य समय बर्बाद गरेको देख्दा मैले निजी रुपमा संकलन गरेको पुस्तक र साथीहरु मिलेर भैरव माविमा संकलन गरेका पुस्तकहरु अध्ययन गर्ने गाउँले मानिसहरु पाउँदैन कि भन्ने डर लागेको छ ।

पुस्तकदान अभियानमा नेतृत्व गर्दा
विद्यामन्दिर पुस्तकालयमा नियमित उपस्थित भएर अध्ययन गर्नका लागि मलाई तमानखोला गाउँपालिका बागलुङमा कार्यरत हुँदा अपायक भएको थिए । कहिलेकाँही बागलुङ बजार आउँदा कार्यालयको काममा व्यस्त र घरायसी कामले फुर्सद नमिलेको समय थियो । त्यहीं समयमा मेरो जन्मस्थान भकुण्डेमा रहेका भैरव माविलाई पुर्व शिक्षक, भुतपुर्व विद्यार्थी, आम भकुण्डेप्रेमीहरु जनसमुदायलाई केन्द्रित गरी पुस्तकदान अभियान सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट सुरुवात गर्ने काम भयो । पुस्तकादान अभियानमा प्रधानाध्यापक किसन प्रसाद सापकोटा, शिक्षक खिम बहादुर थापा, कर्मचारी श्याम कुमार थापा मगर, शिक्षक यम बहादुर थापा, प्रेम बहादुर थापा (देउराली) लगायत मसहित साथीहरु मिलेर पुस्तकदान अभियानको अभियन्ता बनेर सारथी बन्दा बहुत खुशी र आनन्द लागेको थियो । त्यस समयमा हामीले पाँच सयभन्दा बढी पुस्तकहरु संकलन गरेका थियौ । ति पुस्तकहरुको विद्यालय परिवारले कति उपयोग गरेको छ । सोको बारेमा समिक्षा गर्न बाँकी छ । आगामी दिनहरुमा नियमित पुस्तकदान अभियानलाई देशव्यापी बनाएर हजारौं पुस्तकहरु विद्यालयका लागि संकलन गर्ने निरन्तरको अभिलाषा बोकेको दुरगामी योजना अन्तरमनमा छ । भोलिका दिनमा पुस्तकालय परिवारले पनि देश विदेशमा छरिएर रहेका महानुभावहरुका अगाडी पुस्तकालयलाई पुस्तकदान अभियान निरन्तर वर्षौ वर्ष संचालन गर्न सकेमा अझै धेरैभन्दा धेरै पुस्तकहरु भित्रिन सक्ने थियो । मैले सानो गाउँका विद्यालयका लागि गरेको प्रयासको नक्कल विद्यामन्दिर पुस्तकालयले गर्न सकेमा नववर्ष, दशै, तिहार, छठ, जन्मदिन, शुभविवाह, स्मृती समारोह लगायत विविध मानवीय सन्दर्भका पुस्तकहरु अझै धेरै संकलन हुने थियो भन्ने फराकिलो सोच मात्र हो । हामी सबैले छलफल गरौं । सामुहिकतामा सकारात्मकता खोजौं । तार्किक निर्णय गरेर अब्बल समाज निर्माणमा लागौं । तर विगतमा विद्यामन्दिरले अक्षयकोष जम्मा गर्ने अभियान, भैलो खेल्ने, नाटक प्रर्दशन गर्ने लगायतका कार्यक्रममार्फत पुस्तकालयलाई दिगो बनाई राख्न पहल गरेको देखिन्छ । अझै छलफल र बहस गरी अनुसन्धान सहितको खोजमा लाग्ने हो भने अभियन्ताधारी नव अक्षयकोष स्थापनाकर्ताहरुको थप सुची बन्न सक्तछ ।

पुस्तकालय वर्तमान सुचना प्रविधिको सन्दर्भमा सान्र्दभिकता
वर्तमान समय सुचना र प्रविधिको युगबाट मानिसहरु ओतप्रोत भएका छन् । प्रत्येक जसो व्यक्तिको हातमा मोबाइल, कम्प्युटर, ल्यापटप उपलब्ध भएकोले इन्टरनेट र बाइफाइको प्रयोगले धेरै जसो अध्ययन सामाग्रीहरु हातमा नै उपलब्ध हुने गर्दछ । पठन संस्कृतिमा ह्रास भएर हो की सुचना प्रविधिको बढ्दो प्रयोगले हो पुस्तकालयमा अध्ययन गर्न आउने पाठकहरुको संख्यामा व्यापक ह्रास आएको छ । पुस्तकालयको संस्थागत आधिकारिक सदस्य बनेर घरमा लगेर विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गरेर ज्ञान लिने परिपाटीमा व्यापक कमि आएको छ । पुस्तकालयका हजारौं पुस्तकहरुले अध्ययनशील नयाँ नयाँ पाठकहरु निरन्तर रुपमा पर्खिरहेको छ । इतिहास, साहित्य, अंग्रेजी, दर्शन, धार्मिक, राजीतिशास्त्र, अर्थशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापनशास्त्र, भुगोल, इन्जिनियर, वातावरण, कुटनीतिक, प्रशासनिक, पर्यटन, समाजशास्त्र, मानवशास्त्र, ग्रामिणशास्त्र, पत्रकारिता, कानुन, मानवअधिकार लगायतका सयौ पुस्तकहरु अध्ययन गर्न सामाजिक सञ्जाल, युटुव, टिकटक र वेवसाइटले अल्पज्ञान दिएर विस्तृत जानकारी लिन अवरोध गरेको छ । थुप्रै इबुक, इपेपर, क्युआर लगायतका माध्यमबाट पुस्तकहरु स्वअध्ययनका लागि उपलब्ध भएपनि हार्डकपिवाला पुस्तकहरु अध्ययन गरेर जस्तो प्रभावकारी नहुने जानकारी शिक्षासँग चासो राख्ने महानुभावहरु बताउँछन् । विद्यामन्दिर पुस्तकालयले बजारमा उपलब्ध सबै प्रकारका नयाँ पुस्तकहरु अध्ययनशील पाठकहरुका लागि संकलन गर्दै आएको छ । तर पाठकहरु पुस्तकालय परिसरमा आगमन गराउनका लागि प्रभावकारी जनचेतनामुलक कार्यक्रमको आवश्यकता महसुस भएको छ । ईलाइब्रेरीको अवधारणा डिजिटल साक्षरतामा कम ज्ञान राख्ने समुदायका लागि खर्च समेत बढी लाग्ने भएकोले डिजिटल पुस्तकालय लाभदायक कम प्रभावकारी हुने पुस्तकालयप्रेमीहरु जानकारी गराउँछन् । कम्प्युटर मर्मत, वर्षैपिच्छे प्रविधिमा आउने नयाँपन संशोधन हुने र साइबर अपराधका कारण दिर्घकालीन उपयोग गर्न नेपाल जस्तो गरिब अर्थतन्त्र मुलुकमा असमर्थ भएको अनुभव सुनिन्छ । अडियो, भिडियो कक्ष, इन्टरनेटमा पाइने थुप्रै किताबहरुको फोल्डर बनाएर कम्प्युटरको डेस्कटपमा राखिदिने गरेमा पाठकहरुले सजिलै अध्ययन सामाग्री पाउन सक्ने हुन्छन् । पुस्तकालय त अहिले हरेक विद्यालयमा भएको पाउन सकिन्छ । तर सैद्धान्तिक र व्यावहारिक रुपमा आत्मबोध विद्यार्थीहरुलाई विद्यालय तहबाट नै गराउन विद्यालय परिवारलाई दायित्वबोध गराउनुपर्दछ । त्यसपछि उच्च शिक्षाका लागि अध्ययन गर्न आउने विद्यार्थीहरु बजारमा आउँदा स्वतः विद्यामन्दिर पुस्तकालय खोज्दै आउने सँस्कारको विकास हुन्छ ।

अन्तमा
नेपाली शैक्षिक इतिहासको समाजमा विद्यामन्दिर पुस्तकालय राणाशासनकाल वि.स. १९९७ सालमा नै स्थापित गर्ने संस्थापक स्व. ओमप्रसाद गौचन र स्व. मेघनाथ बैद्यप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धासुमन प्रकट गर्दछु । हालको अवस्थासम्म पुस्तकालयलाई ल्याउन सफलता दिलाउन अहोरात्र लागि पर्ने अभियन्ताहरुप्रति ह्रदयदेखि नै सलाम दिन्छु । पाठकहरु बिच लोकप्रियता भै डिजिटल युवा पुस्तामा पुस्तकालयको आत्मबोध गराउनमा सफल होओस् । अँध्यारोबाट उज्यालोतिर पाइला चाल्नका लागि प्रत्येक नागरिकहरुलाई जागरुक बनाउने संस्था पुस्तकालयबाहेक अर्को हुँदैन । विकसित शैक्षिक चेतनास्तरका कारण निजी पुस्तकालयसम्म राख्नुपर्ने अवस्थाको विकास भै राखेको छ । विद्यार्थीहरुका लागि पुस्तकालय बारेमा अपनत्व बनाउन विद्यालयस्तरमै व्यवस्थित पुस्तकालय बनाउने सरकारको कार्यक्रमले सफलता पाओस् । अझै प्रत्येक कक्षाकोठामा नै बुक कर्नर स्थापना गरेर किताब प्रतिको मोह बढाउन कार्यक्रम संचालन भएको पाउन सकिन्छ । सबैभन्दा पहिला व्यक्ति सक्षम र सबल नहुँदासम्म व्यक्तित्व विकास गर्नका लागि विभिन्न पुर्वाधार र अवयवहरु मध्ये पुस्तकालय एक अभिन्न अंग हुन्छ । त्यसपछि योग्यता हासिल पश्चात सामाजिकरण र नेतृत्व प्रदान गर्ने शिलशिलामा प्राप्त सृजनाहरुलाई अभिलेख गर्न पुस्तकालय पहिलो आधार हो । त्यसैले जीवनमा पुस्तकलाई स्थायी साथी बनाउनु पर्छ भन्ने मान्यता राखेको हुन्छ । त्यहीं स्थायी साथीहरु बस्ने घर अर्थात् पुस्तकालयलाई बलियो बनाऔं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->