पोखरा / पोखरामा शुक्रबारदेखी शिव ४० प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी मंसिर ७ र ८ गते उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए ।
भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद एक हजार पाँच सय र ट्रफी र बेष्ट कीपरलाई नगद १ हजार र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागीताको लागी टीम दर्ता शुल्क ५ हजार ५ सय रहेको र आगामी मंसिर ५ गते बेलुका ५ बजे सम्म टीम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिता रानीपौवा स्पोर्टस सेन्टरमा हुने छ ।





