पोखरा/पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटेर्स मिट २०८१ सुरु भएको छ । तीन दिनसम्म संचालन हुने उक्त स्पोटेर्स मिटको बुधबा सांसद मनबहादुर गुरुङले उद्घाटन गरे । उनले विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नुपर्नेमा जोड दिए ।
सांसद गुरुङले नेपालका सन्दीप लामिछाने, सावित्रा भण्डारीदेखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता खेलाडीहरु पोखराले पनि उत्पादन गर्न सक्ने दाबी पनि गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले कुनै पनि खेलकुद प्रतियोगिताहरुमा सहभागी हुनु ठुलो कुरा भएको उल्लेख गर्दै खेलमा जीत हार दोश्रो पक्ष भएको बताए । विद्यालयका प्रिन्सिपल बयनबहादुर गोदारले बिद्यार्थीहरुको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिन प्रतियोगिता आयोजना गरिएको बताए ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बिद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारी, शिक्षक फणिन्द्रराज पौडेललेलगायतले शिक्षासंगै खेलकुदको महत्वको बारेमा चर्चा गरेका थिए ।





