आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

माछापुच्छ्रेको ज्ञानज्योति बोर्डिङले रनिङ शिल्ड जित्यो

माछापुच्छ्रेको ज्ञानज्योति बोर्डिङले रनिङ शिल्ड जित्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

पोखरा/माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे ४, लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कूलले हात पारेको छ ।
पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्डसँगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता ५ स्वर्ण १ रजत र ३ कास्य प्राप्त गरी माछापुच्छ्रे मावि दोस्रो भएको छ । बराह माविले ४ स्वर्ण ७ रजत २ कास्यका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार, ७ हजार ५ सयका साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा÷छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मिटर साथै छात्रा÷छत्रा ४ सय मिटर रिले, १६ सय मिटर रिले छात्रा÷छत्रा, हाइजम, लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए ।
यही मंसिर ६ गते देखि ८ गतेसम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा यूवा तथा खेलकुद शाखा प्राविधिक साहायक विष्णुप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->