आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनपिएलका लागि टिकटको मूल्य सार्वजनिक

एनपिएलका लागि टिकटको मूल्य सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

काठमाडौं / यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो।

मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ। त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तोकिएको छ।

एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ। त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ।

सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० रुपैयाँ र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->