आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फिफा वरियतामा नेपालको सुधार, १७५ औं स्थानमा

फिफा वरियतामा नेपालको सुधार, १७५ औं स्थानमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८१, शुक्रबार

काठमाडौं/फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १ सय ७५ औं स्थानमा छ । नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९ सय ३५ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९ सय ३८ बनाएको छ ।
नेपालले यसै महिना ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । ताजिकिस्तानसँग पराजित भएपनि अफगानिस्तानलाई भने हराएको थियो । आफूभन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १ सय २७ औं स्थानमा छ । अर्जेन्टिना शीर्ष स्थानमा कायम रहँदा फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->