आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल श्रीलंकासँग ५५ रनले पराजित

नेपाल श्रीलंकासँग ५५ रनले पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८१, शुक्रबार

काठमाडौं/युएईमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटियो ।
नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाए । आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२–१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ र लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले ।
बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४, युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एकएक विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->