आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पञ्चासेमा हाइ अल्टिच्युड खेल मैदान निर्माण

पञ्चासेमा हाइ अल्टिच्युड खेल मैदान निर्माण


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८१, आइतबार

पोखरा/पोखरा २३ पन्चासे भन्ज्याङमा हाइ अल्टिच्युड खेलमैदान निर्माण गरिएको छ । समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको उक्त मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
भन्ज्याङमा निर्माण गरिएको खेलमैदान पोखरा महानगरपालिकाको २५ लाख, गण्डकी प्रदेश सरकारको ५ लाख, आदर्श क्लबको ३ लाख ७५ हजार र स्थानीय भक्तबहादुर गुरुङको ८० हजार लागतमा निर्माण भएको हो ।
पन्चासे भन्ज्याङमा बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
पञ्चासेलाई जैविक विविधता र धार्मिक तथा पर्यापर्यटनको हबका रूपमा विकास गरिने नगर प्रमुख आचार्यले बताए। पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै उहाँले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास साझेदारहरूसँग सहकार्य गरिरहेको बताए ।
पञ्चासेमा बालाचर्तुदशीका दिन हजारौँ श्रद्धालु भक्तजनहरू पुग्ने गरेकाले भन्ज्याङसम्म सुविधासम्पन्न सडक निर्माणको प्रक्रिया अगाडी बढिसकेको उहाँले बताउनुभयो । घाँटीछिना हुँदै भन्ज्याङ र हर्पन हुँदै भन्ज्याङसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको र नाला निर्माण भइरहेकाले यो सडक संघ, प्रदेश र महानगरपालिकाको समेत लागतमा निर्माण भइरहेको उनको भनाइ थियो ।
उनका अनुसार भन्ज्याङसम्म पुग्ने सडक कालोपत्रेका लागि दिगो पर्यटन विकास अन्तरगत एसियाली विकास बैंकसँग साझेदारी गरिएको र त्यहाँबाट पञ्चासेसम्म पुग्नका लागि भने सुविधायुक्त सिँढी बाटो निर्माण तथा मर्मत गरिने छ । पञ्चासे क्षेत्र विश्व मै धेरै प्रजातिका अर्किडहरु पाइने स्थान भएकाले यसको संरक्षण तथा विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->