आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आइटीएफ वल्ड टेनिस टुर जे ३० आजबाट

आइटीएफ वल्ड टेनिस टुर जे ३० आजबाट


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८१, सोमबार

पोखरा/कास्की जिल्ला लन टेनिस संघको आयोजनामा आजबाट आइटीएफ वल्र्ड टेनिस टुर जे ३० सुरु हुँदैछ । यो लन टेनिसको ग्रासरुटस्तरको खेल हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजकुमार गुरुङले जे ३० भन्दा माथिल्लो स्तरको खेल गराउन चाहे पनि पूर्वाधारको अभावमा सम्भव नभएको सुनाए । उनले टेनिस संघ पूर्वाधार बनाउनका लागि सक्षम भए पनि जग्गा अभावका कारण कोर्ट बनाउन नसकेको सुनाए ।
‘हामी जे ३० भन्दा माथिको गेम पनि गर्न सक्छाँै । त्यसका लागि हामीलाई थप दुई कोर्टको आवश्यकता पर्दछ,’ उनले भने, ‘हामीलाई जग्गा मात्रै चाहिएको हो । जग्गा नभएको पनि होइन । रंगशालामा जग्गा छ । कोर्ट बनाउनका लागि सहमति दिए पूर्वाधार बनाउन हामी आफै सक्षम छौँ ।’ पोखरामा लन टेनिसको ६ वटा कोर्ट छन् । यस्तै एकवटा हार्ड कोर्टसमेत रहेको छ । सोही क्रममा टेक्निकल जानकारी दिँदै अजय विष्टले नेपालमा छैटौं संस्करणकोअन्तर्राष्ट्रिय प्रतियोगिता गरेको बताए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ जे ३० का विश्व वरियताका उत्कृष्ट जापानका रिकु हिदासी र नेपालका उत्कृष्ट आरभ सम्राट राणा तथा महिलातर्फ विश्वकी उत्कृष्ट भारतकी महिका खन्ना र नेपालकी उत्कृष्ट सुनिरा थापाको सहभागिता रहेको जानकारी दिए । प्रतियोगिताबाट खेलाडीले अंक बटुल्नेछन् । सो अंक उनीहरुको विश्व वरियतामा समेत रहने छ । रेन्किङका लागि हुने प्रतियोगिताबाट नेपाली खेलाडीले समेत धेरै कुरा सिक्ने अवसर पाउने उनी सुनाउँछन् । प्रतियोगिता खेल्न आउने खेलाडीहरु आफ्नै खर्चमा आएका छन् । प्रतियोगिताकी खेल संयोजक प्रिति बरालले प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुग्ने बताइन् । उनले हरेक खेलाडी अभिभावकसहित आउने र सबै खर्च स्वयम्ले गर्ने हुँदा यसले पर्यटन प्रबद्र्धनमा समेत ठूलो टेवा पुग्नेछ । प्रतियोगितामा पुरुष तथा महिला एकल र डबल्स गरी चार इभेन्ट हुनेछ । टेनिस खेलमा जे३० सबैभन्दा मनिको प्रतियोगिता हो । जे ३० बाट अंक बटुल्दै त्योभन्दा माथिल्लो स्तरका प्रतियोगिताहरुमा सहभागिता हुन पाउनेछन् । आजबाट सुरु हुने प्रतियोगिता सर्किट १ हो । मंसिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सर्किट १ र सर्किट २ हो । यो प्रतियोगितामा १३ वर्षदेखि १८ वर्षभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरु अंकका आधारमा मेन ड्र मा छिर्न पाउनेछन भने बाँकीले छनोट खेल खेल्नुपर्नेछ । मेन ड्र मा १६ खेल हुनेछ । जहाँ विजेताले ३० अंक प्राप्त गर्ने भने उपविजेता हुनेले १८ अंक प्राप्त गर्नेछ । यस्तै सेमीफाइनमा पुग्नेले ९ अंक तथा क्वाटर फाइनलमा पुग्नेले ५ र राउन्ड १६ का खेलाडीले दुई अंक प्राप्त गर्नेछन् । डबल्सतर्फको विजेताले २५ र उपविजेताले १३ अंक प्राप्त गर्नेछन् । सेमिफाइन पुग्नेले ६, क्वाटरफाइनल पुग्नेले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा सात राष्ट्रका करिब दुई सय ५० खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालसहित अमेरिका, जापान, न्युजरल्याण्ड, चीन, भारत र ताइवानको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब २० देखि २३ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->