आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आजदेखि २५ औं आदर्श कप शुरु हुँदै

आजदेखि २५ औं आदर्श कप शुरु हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८१, शुक्रबार

पोखरा/कास्कीको पोखरा २९मा रहेको लेखनाथ रंगशालामा शनिबारदेखि २५ औं संस्करणको आदर्श कप प्रतियोगिता २०८१ हुँदैछ ।
‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले छ वर्षपछि मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता मंसिर २९ सम्म चल्नेछ ।
२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ वर्षसम्म रोकिएको थियो । झण्डै ५० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारी पूरा भएको र शनिबारदेखि खेल संचालन हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगितामा आयोजक गण्डकी प्रदेश भित्रका तीन विभागिय टिमसहित आठ समूहले भाग लिँदैछन् । आयोजक आदर्श युवा क्लब, कास्की ११, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसहितका विभागिय क्लब एवं तनहुँ, गोरखा र स्याङजाका एक÷एक टिम सहभागी रहने छन् । शनिबार हुने उद्घाटन खेल आयोजक आदर्श युवा क्लब र तनहुँबीच हुने क्लवबका सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->