आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विराटनगर किंग्समाथि कर्णाली याक्सको रोमाञ्चक जित

विराटनगर किंग्समाथि कर्णाली याक्सको रोमाञ्चक जित


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८१, शनिबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । एनपीएलमा कर्णालीको यो दोस्रो जित हो । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्जक खेलमा कर्णालीले विराटनगर किंग्सलाई सात रनले हरयो ।
जितका लागि १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन बनाउँदा ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउनन सकेनन् ।
बलिङमा कर्णालीका नन्दन यादवले तीन विकेट लिँदा विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले । विलियमले सर्वाधिक ६६ रन बनाए । यस्तै देवले ५३ रन बनाए । बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->