आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आदर्श कप : एपिएफको जितमा रन्जितको पुष्पा सेलिब्रेसन

आदर्श कप : एपिएफको जितमा रन्जितको पुष्पा सेलिब्रेसन


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८१, सोमबार

पोखरा/खेलको ६८ औं मिनेट चलिरहेको थियो । गोललाइनबाट शसस्त्र प्रहरी बलका गोलरक्षक अजित विकले लङ रेन्जमा बल फाले । नेपाल आर्मीका डिफेन्डरले बल नियन्त्रणमा लिएपनि एफएफले राइड साइडमा बल खोस्दै अघि बढाए दुई डिफेन्डर अघि थिए त्यहि बिचमा पास दिए र प्रविण साङताङले सहजै गोल गरे । गोल भन्दा बढी उनको सेलिब्रेसन गज्जब थियो । प्रविणले पुष्पा सेलिब्रेसन दिए । गोल गरे लगत्तै भारतिय कलाकार अल्लु अर्जुनको हालै रिलिज भएको चलचित्र पुष्पा२ को ‘झुगेका नहि….’ वाला सेलिब्रेसन दिए । प्रविणले टोलीका लागि तेस्रो गोल गरेका थिए । उनले ६९ औं मिनेटमा सो गोल गरेका थिए । उनको गोलसँगै २५ औं आदर्श कप फुटबल प्रतियोगितामा शसस्त्र प्रहरी बल गण्डकी मुख्यालयले नेपाल आर्मी सिद्धीदल गणलाई ३–१ गोल अन्तरले हराउन सफल भएको छ । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । आदर्श युवा क्लबको आयोजनामा भण्डारढिकस्थित खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा एपिएफले सानदार जित निकालेको हो । एपिएफका लागि प्रविण सहित क्याप्टने नवराज मगर र रन्जित चौधरीले एक–एक गोल गरे । एपिएफले खेलको पहिलो हाफमै १–० को अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको एपिएफले दोस्रो हाफमा थप दुइ गोल गर्दै अभागि नेपाली आर्मीले १ गोलमात्रै गर्न सक्यो । २५ औं मिनेटमा क्याप्टेन नवराज मगरले टोलिका लागि पहिलो गोल गरे । ६५ औं मिनेटमा एपिएफका लागि टिममेटले लेफ्ट साइडबाट दिएको क्रसपासमा रन्जित चौधरीले हेडरमार्फत गोल गर्दैै दोस्रो गोल गरेका हुन् । ६९ औं मिनेटमा टोलिका लागि प्रविण साङताङले गोल गरे । ७९ औं मिनेटमा नेपाल आर्मीले गोल गरेपनि अफसाइड रहदा अभागि ठहरियो । ८४ औं मिनेटमा डिएरिया नजिकै फ्रिकिको अवसर पाएको एपिएफ गोल गर्नबाट भने चुक्यो । निर्धारित ९० मिनेट सकिएसँगै थप गरिएको अतिरिक्त ३ मिनेटमा आर्मीका मदन लिम्वुले एक गोल गरे ।
यसै बिच दोस्रो दिनको खेल हेर्न पुगेका गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालाले खेलले अनुशासनको शिक्षा दिनुको साथै स्थानिय स्तरमा गरिने खेलकुद प्रतियागिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रको खेलकुदको विकासका लागि लेखनाथ खेलमैदानलाई पोखराकै बैकल्पिक रंगशालाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवको आयोजनामा मंसिर २२ देखी आयोजित प्रतियोगिताको विजेता टिमले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २५ हजार पाँचसय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा गण्डकी प्रदेशभित्रका कुला ८ टिममो सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक आदर्श युवा क्लबले तनहुँ जिल्ला फुटबल संघलाई १–० गोलले हराउँदै पहिलो जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->