आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८१, मंगलबार

काठमाडौं/कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ ।
पाँचौँ खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार बिहान जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३४ रनमा समेटियो ।
चितवनका लागि लक बेनकेस्टिनले सर्वाधिक ३१ रन बनाउँदा कप्तान कुशल मल्लले २०, रिजन ढकालले १५, रवि बोपराले १२ र ओपनर सन्तोष कार्कीले १० रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहितले चार विकेट लिँदा रामोन सिमोन्डले दुई तथा साद विन जाफर र अविशेष गौतमले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८०, साद विन जाफरले ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन जोडे । बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक/एक विकेट लिए । पहिलो जितसँगै लुम्बिनीले पाँच खेलबाट २ अंक बनाएको छ । लुम्बिनीलाई प्लेअफमा स्थान बनाउन अबका खेल जित्नुपर्ने बाध्यतासँगै अरुको नतिजाले पनि भर पर्नेछ ।
यस्तै पाँच खेलमा दोस्रो हार खेपेको चितवन ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->