आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनपीएलमा कर्णालीको तेस्रो जित, पोखरा ७ विकेटले पराजित

एनपीएलमा कर्णालीको तेस्रो जित, पोखरा ७ विकेटले पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८१, मंगलबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगललबार भएको खेलमा कर्णालीले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो । पाँचौँ खेलमा तेस्रो जित निकालेसँगै कर्णालीले प्ले अफमा पुग्ने सम्भावना बढाएको छ ।
जितसँगै कर्णालीले पाँच खेलबाट ६ अंक बनाएको छ । यता चोथो खेलमा तेस्रो हार व्यहोरेको पोखरा एभेन्जर्सको अघिल्लो यात्रा कठिन बनेको छ । चार खेलमा तेस्रो हार व्यहोरेको पोखराको दुई अंक मात्र छ ।
जितका लागि १ सय ४ रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा १ सय ६ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->