शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने लोकार्पण

आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने लोकार्पण


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८१, मंगलबार

स्याङ्जा/‘आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने’ लोकार्पण गरिएको छ ।
स्याङ्जाली लोकगीतका कालिदास मसानेको बारेमा वरिष्ठ साहित्यकार देवीप्रसाद बनवासीले नवीनतम कृति सिर्जना गरेका ह्ुन् ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष प्रवेशको अवसर तथा कविशिरोमणि लेखनाथ पौड्यालको १४१औं जन्मजयन्तीकोसन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले कृति लोकार्पण एवम् रचना वाचन समारोह कार्यक्रम गरेको हो ।
लोकार्पित कृतिको बारेमा वसन्त खनालद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने देवीप्रसाद वनवासीको समग्र जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा लक्ष्मीप्रसाद रेग्मीलेचर्चा गरेका थिए । कार्यक्रममा युवा कवि÷निबन्धकार मिलन समीरले सहजीकरण गरेका थिए ।
कार्यक्रममा साहित्यकार सुमित्रादेवी रेग्मी, पिताकुमारी काफ्ले, अग्रज कवि कमलप्रसाद बगाले, किशोर रेग्मी, युवा हाइकु कवि दिलीप तिवारी, कवि स्मारिका अर्याल, गजलकार खगेन्द्रजंग थापा, गजलकार विष्णु पंगेनी पाण्डे, गोपाल जिटी, हरिकला पाठक, कवि कमलप्रसाद बगाले, कवि पारिश्वर न्यौपाने, छन्दोवद्व कवि बोधराज न्यौपाने, कवि प्रेमबन्धु सुवेदी, कवि सीताराम अधिकारी, प्रेमराज लुइँटेल, अनन्त अर्याल, मथुरा रेग्मी, शान्ता रेग्मी, वसन्त रेग्मी, तिर्सना क्षेत्रीलगायतले रचना वाचन गरेका थिए ।
लेखकले पुस्तकमा आलेख, अन्तवार्ता, परिशिष्ट खण्ड र दस्तावेज खण्ड गरेर चार खण्डमा साहित्यिक सिर्जनाहरु समेटेका छन् ।
पुस्तकमा चन्द्रबहादुर सेन मसानेका सन्दर्भमा २००७ सालअघि कमाएका ख्याति, दोहोरीगीतमा जितेर भूरे राजा गुप्तबहादुर खाँणबाट पाँच सय बक्सिस पाएको इतिहास समेटिएको छ ।
यस्तै तत्कालीन राजा महेन्द्रबाट २०१५ र ०१८ सालमा आँधीखोले लोकगीत गाएर दुईपटक स्वर्ण पदक प्राप्त गरेका मसानेको ऐतिहासिक उपलब्धि र योगदानसहित विभिन्न आलेखहरु पुस्तकमा रहेको छ ।
राजा महेन्द्रसँग स्याङजाबाट पाल्पाको सीमाना राम्दीसम्म गीत गाउँदै गएको इतिहास रहेको छ । स्याङ्जामा जिल्लाबाटै रेडियो नेपालमा गीत रेकर्ड गराउने प्रथम कलाकार चन्द्रबहादुर सेन ‘मसाने’ नै हुन् ।उनको एक मात्र रेडियो नेपालमा रेकर्ड भएको गीत ‘कति साह्रै जमेको पिरती, बीचमै छुटायो दैवले ….. हो’ भन्ने हो ।
स्याङ्जामा कुनै समय अत्यन्तै लोकप्रिय बनेको एउटा भाका ‘साइँलो दाइ काँ गयो, पानी खाँदा न्याउली जुरायो’ का स्रष्टा पनि मसाने नै हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->