पोखरा÷/विश्व क्यान्सर दिवसका अवसरमा अर्बुद रोग निवारण संस्था कास्की र आँगन बहुउदेश्यीय सहकारी संस्थाले संयुक्त रुपमा महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर रोगको निशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ ।
बरिष्ठ स्त्रीरोग विषेशज्ञ छममाया पुनको नेतृत्वमा रहेको टोलीले सय जना महिलाहरुको स्वास्थ्य परीक्षण, निशुल्क औषधि वितरण तथा थप उपचारका लागि रिफर गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पाठेघरको मुखमाहुने क्यान्सरका बारेमा पर्याप्त जानकारी नहुँदा लाखौँ महिला पीडित बनेको बताए ।
आयोजक संस्था आँगन वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण लामाले सहकारी संस्थाहरुले नियमित कामका अलवा सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताउँदै भविश्यमा स्वास्थ्यका साथै शिक्षा, सीपमूलक तालिम तथा लोक कल्याणकारी क्षेत्रमा गर्ने बताए ।
नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर निवारणका क्षेत्रमा सक्रिय रवि बराल, आँगन वहुउदेश्यीय सहकारी संस्थाका कोषाध्क्ष मधुसुदन देवकोटा, रामप्रसाद बस्ताकोटी, झलक पोखरेलले कयौ रोगहरुको नियन्त्रणका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताएका थिए ।





