बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौलिक नृत्यको उपाधि गुराँस विद्या सदनलाई

मौलिक नृत्यको उपाधि गुराँस विद्या सदनलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८१, बुधबार

बागलुङ/बागलुङ बजारमा सम्पन्न ‘द मौलिक’ अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगिता सिजन १ को उपाधि गुराँस विद्या सदन बागलुङले जितेको छ । नेपाल सांस्कृतिक नृत्य समुहको आयोजनामा मंगलबार सम्पन्न अन्तर विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगितामा गुराँस विद्या सदनले उत्कृष्ट प्रस्तुती दिएर उपाधि जितेको हो ।
नौ विद्यालयको सहभागीता रहेको प्रतियोगितामा फ्युचर ब्राइटर बोर्डिङ स्कुल उपविजेता र न्यु ओयसिस एकेडेमी तृतीय भएको नेपाल सांस्कृतिक नृत्य समूहका अध्यक्ष रोशन राम्जाली मगरले जानकारी दिए । प्रतियोगितामा प्रथम भएको गुराँसले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
उपविजेता फ्युचरले ३० हजार र तृतीय न्यु ओयसिसले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । नेपाली संस्कृति, परम्परा र लोक नृत्यको संरक्षण गर्ने र प्रबर्धन गर्ने उद्देश्यका साथ नृत्य प्रतियोगिता गरिएको समूहका सचिव सुशिल काउचा मगरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->