आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मैत्रीपूर्ण खेलमा आयोजक मगर संघ बिजयी

मैत्रीपूर्ण खेलमा आयोजक मगर संघ बिजयी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८१, बिहिबार

बागलुङ/४३ औं नेपाल मगर संघ स्थापना दिवशको अबसरमा नेपाल मगरसंघ बागलुङले संचालन गरेको चौथो संस्करणको ‘लखन कप खेलकुँद’ प्रतियोगिता अन्र्तगत बुधवार भएको मैत्रीपूर्ण खेल आयोजक नेपाल मगर संघले जितेको छ ।
नेपाल पत्रकार महासंघ संग खेलेको खेलमा मगरसंघले २५–२३, १५–२५ र २६–२४ ले जित निकालेको हो । पहिलो खेल जितेको मगरसंघले दोश्रो खेलमा भने फराकिलो अन्तरले हार व्यहो¥र्यो । तेस्र्रो खेलमा छिनो मतले मगरसंघले महासंघलाई जितेको हो ।
लखन कपका लागि भने खेलहरु भैरहेका छन् । बुधवार बिहान भएको खेलमा एमार्ट गलकोटले नर्जाखानीलाई सोझो सेटमा हरायो । एमार्ट गलकोटले २८–२६ र २६–१९ को सेटमा पराजित गरेको हो । त्यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नंं ११ पकुवाले बागलुङको काठेखोला वडा नंं १ पालालाई सोझो सेटमा पराजित ग¥यो । पकुवाले २५–१४ र २५–२० को सेटमा खेल जितेको हो । अर्को खेलमा काठेखोला गाउँपालिका ४ तंग्रामले खुसी डेन्टलको टिमलाई पराजित गरेको छ । तंग्रामले २७–२९, २६–२४ र २८–२६ को सेटमा खेल जितेको हो । खेल बिहिवार सम्पन्न हुने आयोजकले बताएको छ ।
खेलमा प्रथम हुनेलाई ८१ हजार १ स ८१ र द्वितिय हुनेलाई ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार दिइने आयोजकले बताएको छ । चार बर्षदेखि संघले लगातार लखनकप आयोजना गर्दै आएको छ । खेल आयोजनाकालागि ४ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । त्यस बाहेक फागुन १५ गते मुल समारोह समेत हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->