पोखरा/पोखरा थिएटरले पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने भएको छ । शनिबारदेखि मंगलबारसम्म पोखरा थिएटरमा उक्त महोत्सवको आयोजना हुन लागेको हो । पोखरालाई सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा समेत स्थापित गर्ने उदेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए । महोत्सवमा पाँच देशका ६ नाटक हुनेछन् ।
महोत्सवले सांस्कृति पर्यटनलाई मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा हुने गरेका नाटकको बारेमा जानकारी समेत प्राप्त हुने सुनाए । उनका अनुसार २०७५ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको महोत्सवको आयोजना गरिएको थियो । त्यसपछि अहिले बल्ल हुन लागेको हो । महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे र जापानका ख्यातिप्राप्त कलाकारहरुले नाटकको प्रदर्शनी गर्नेछन् ।
महोत्सवमा नाटक प्रदर्शनीसंगै फोरम थिएटर र कार्यशाला, खुल्ला छलफल तथा संवाद, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन मुख्य विशेषताको रुपमा रहेका छन् । शनिबार उद्घाटनमा मुनामदको प्रर्दशनी गरिनेछ । महोत्सव आयोजना गर्न करिब ११ लाख खर्च लाग्ने उनको अनुमान छ ।





