बागलुङ/नेपाल नेत्रज्योती संघको ४७ औं स्थापना दिवशको अबसरमा बागलुङमा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । बुधवार भएको शिविरमा २ सय ८७ जनाको आँखा परीक्षण भएको हो ।
बुधवार जिल्ला अदालत र जिल्ला प्रशासनमा आँखा शिविर रखिएको थियो । शिविरमा उच्च अदालत र जिल्ला अदालतका न्यायाधिस, उच्च अदालत बार एसोसिएसनका पदाधिकारी र सदसय तथा उच्च अदालत र जिल्ला अदालतका कर्मचारी सहित सर्वसाधारणकोलागि शिविर आयोजना गरिएको नेत्रज्योती संघ बागलुङ तथा धौलागिरि अस्पताल बागलुङका अध्यक्ष बिन्दुसागर रजभण्डारीले बताए । प्रशासनमा भएको शिविरमापनि कर्मचारी र सर्वसाधारणले आँखा जाँच गरेका थिए ।
शिविर उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस नातीबाबु लामिछानेले आँखा बिना मानिसले एकपाइला पनि अगाडि बढ्न नसक्ने भन्दै संवेदनशिल अंगको सुरक्षामा ध्यान दिनुपर्ने बताए । मानव स्वास्थ्यमा ख्याल नगर्दा आइपर्ने समस्या बारे पनि सचेत बन्नुपर्ने बताए । साथै कानून व्यवसायी र लेखापढी गर्नुपर्ने कर्मचारीले आँखाको ज्योती गुम्न नदिन सचेत बन्नुपर्ने धारणा राखे ।
नेत्रज्योती संघ बागलुङका अध्यक्ष बिन्दुसागर राजभण्डारीको अध्यक्षता, अधिवक्ता युक्तजंग राजभण्डारीको संचालन र संघका पूर्व अध्यक्ष धु्रब केसीको स्वागतमा सम्पन्न कार्यक्रममा नेत्रज्योती संघका केन्द्रीय सचिव तथा बरिष्ठ अधिवक्ता हरिप्रसाद शर्माले शिविर बारे जानकारी दिए । अदालतमा भएको शिविरमा २ सय ५ जनाको आँखा परीक्षण भएको थियो भने ६८ जनालाई चस्मा बितरण गरिएको थियो । त्यस्तै प्रशासनमा भएको शिविरमा ८२ जनाको परीक्षण गरिएकोमा ३७ जनालाई चस्मा बितरण गरियो । दिवशकै अबसरमा संघले गलकोटमा पनि शिविर संचालन गरेको थियो । त्यस्तै बुधवारै जिल्ला प्रशासन कार्यालयका कर्मचारीकालागि पनि आँखा परीक्षण सेवा प्रवाह गरिएको थियो ।
लामो समय देखि धौलागिरि आखा अस्पताल बागलुङले नियमित आँखा परीक्षण सहित तोकिएको समयमा आँखाको शल्यक्रिया समेतको सेवा प्रवाह गरिरहेको छ । हाल संघको ४४ शाखाले देशभर आँखाको उपचार र परीक्षणका शिविरहर गरिरहेको हो ।





