आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘कालीका कप’का लागि जैमिनी र गलकोट भीड्ने

‘कालीका कप’का लागि जैमिनी र गलकोट भीड्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८१, आइतबार
?

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा जारी कालीका कप पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । आइतबार भएको खेलमा सिद्दार्थ चश्मा घर, कुश्मा नगरपालिकालाई हराएर गलकोट नगरपालिका र काठेखोला गाउँपालिकालाई पराजित गरेर जैमिनी नगरपालिका फाइनल प्रवेश गरेका छन् ।

आइतबार भएको सेमी फाइनल खेलमा गलकोटले कुश्माविरुद्द लगातार तीन सेटमा जित निकालेको थियो । गलकोटले २५–२२, २५–२२ र २५–१९ को सेटमा खेल जितेको हो । फाइनल प्रवेशका लागि जैमिनी नगरपालिकाले पनि तीन सेटमै काठेखोलालाई जितेको छ । जैमिनीले २५–२३, २५–१७ र २५–२० को सेटमा जित निकालेको हो ।

त्यसअघि सेमी फाइनल प्रवेशका लागि शनिबार भएका खेलमा गलकोटले बागलुङ नगरपालिकालाई २५–१९, २५–२३ र २५–२० को सेट जितेको थियो । जैमिनीले एलके भिलेज लेखानीलाई २५–९, २५–११ र २५–१९ को सेट जितेको थियो ।

१० टिम सहभागि खेलमा प्रथम हुनेले २ लाख नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् भने दोश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने आयोजक बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

सेमीफाइनल खेलेका दुवै टिमले २५ हजारको दरले नगद पुरस्कार पाए । खुला पुरुष भलिबल खेलाइरहेको गुठीले यो पटक पालिका स्तरीय पुरुष भलिबल खेलाएको हो । विधागत उत्कृष्ठ खेलाडीले पनि पुरस्कार पाउने व्यवस्था छ । खेलको कारण नवमीको दिन पनि कालीका मन्दिर परिसरमा ठूलो भीड लागेको छ ।

गत बुधबारदेखि शुरु भएको मेला आइतबारसम्म चल्नेछ । मेलामा गुठी संस्थानको सहयोगमा दुई दिने धार्मिक सम्मेलन समेत सम्पन्न भएको छ । त्यस बाहेक कालीका मन्दिर परिसरमा संचालित मेलालाई व्यवस्थापन गराइएको छ । सयौं व्यपारिक स्टलहरु रहेको कालीका मन्दिर परिसरमा स्थानीय र घरेलु उद्योगबाट निर्मित सामाग्रीको बिक्रीको प्रबन्ध भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->