
बागलुङ/चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले विरामी अभिभावकलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–३ डाडाखानी घरभै बागलुङ वस्ने देव बहादुर छन्त्यालको उपचारको लागि स्कुलले बुधबार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठ श्रेष्ठले देव बहाुदर छन्त्यालकी श्रीमती सुशिला छन्त्याल र छोरी सचिना छन्त्याललाई एक लाख २६ हजार सात सय पाँच रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको थियो । ४६ वर्षिय छन्त्यालले सुगरको कारण देव्रे खुट्टा गुमाईसकेका छन्भने मुटु र मिर्गौलाका समेत बिरामी छन् ।
घर परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको देव बहादुरकी श्रीमती शुसिला छन्त्यालले बताइन् । उनले सुगरको कारण देव्रे खुट्टा गुमाइसकेको देव बहादुरलाई हिडडुलमा समस्या हुनुका साथै मुटु र मिर्गौलामा समेत समस्या रहेकोले उपचारको लागि धेरै रकम लाग्ने र घरको अवस्था कमजोर भएकोले उपचारमा समस्या भइरहेको बताइन । सहयोगको लागि शुसिलाले सहयोगको आव्हान गरेकी छन् ।
स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले छन्त्यालको परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा सहयोग पु¥याउन विद्यार्थी र शिक्षकहरुबाट सहयोग संकलन गरेर हस्तान्तरण गरिएको बताए । विद्यालयका विद्यार्थी र उनीहरुका परिवार तथा शिक्षकहरुको परिवारलाई गम्भिर प्रकृतिको रोग लागेर उपचारमा समस्या हुँदा सहयोग संकलन गरेर विद्यालयले सहयोग गर्दै आएको छ ।
छन्यालकी जेठी छोरी सलिना छन्त्यालले चिल्ड्रेन लाइफबाट एसईई दिएकी छिन्भने कान्छी सजिना छन्त्याल कक्षा ८ मा अध्ययनरत छिन् । कान्छी छोरी सजिना एन्सवर नेपालद्वारा प्रायोजित अन्तराष्ट्रिय छात्रवृत्तिको लागि छनोट भएकाले आगामी अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्ने छिन् । जेठी सलिनालाई विद्यालयले निःशुल्क अध्यापन गराउने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।





