पोखरा/२० औं संस्करणको रोपाइँ महोत्सव यही असार १५ गते पोखरा २६ गुँदेतालमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार ’पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवलाई योपटक गुँदेतालमा आयोजना गर्न लागिएको हो ।
महोत्सवले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उनले बताए । महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान, विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति पनि समेटिएको परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।





