मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

हेमजाको हिले महोत्सव (तस्बिरहरु)

हेमजाको हिले महोत्सव (तस्बिरहरु)


  • ढाेरपाटन संवाददाता
  • असार १५ २०८२, आइतबार

पोखरा / देवीस्थान सेवा समाज हेमजाको आयोजनामा आइतबार असारे १५ को अवसरमा पाचौं हेमजा हिले महोत्सव सम्पन्न भएको छ ।  महोत्सवको पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले उद्घाटन गरेका थिए ।

महोत्सव अन्तर्गत हिलेदौंड, रस्साकस्सी, कृषि झाँकी प्रदर्शन, धान रोपाई प्रतियोगिता, उत्कृष्ठ किसान सम्मान, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायत प्रतियोगिता भए ।  हेमजालाई कृषि पर्यटनसंग जोड्न, विष्णुपादीका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, किसानको सम्मान युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले बताए ।

हेर्नुस् तस्बिरहरु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->