बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बुर्तिबाङमा एडुजोनको पाँचौं शाखा विस्तार

बुर्तिबाङमा एडुजोनको पाँचौं शाखा विस्तार


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८२, बुधबार

बागलुङ/एडुजोन एकजुकेशन/भिजा सेन्टरले बागलुङको बुर्तिबाङमा शाखा विस्तार गरेको छ । मंगलबार शाखाको उद्घाटन गर्दै ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले वैदशिक रोजगारी तथा अध्ययनमा जाने युवाहरुको संख्या बढ्दै गएकाले पश्चिम बागलुङमा खुलेको एजुकेशन सेन्टरले आर्थिक अवस्था सामान्य भएकाहरुलाई सहज हुने बताए ।

अहिलेसम्म व्यवस्थित भाषा पढाउने ठाउँ नहुँदा यहाँका धेरै युवाहरु पोखरा, काठमाडौँ, बुटवल लगायतका ठाउँमा पुगेर लाखौँ खर्च गर्न बाध्य रहेको उनको भनाइ थियो । एडुजोनले व्यवसायसँगै यस क्षेत्रका नागरिकका लागि सेवासमेत गर्ने छन्त्यालले विश्वास व्यक्त गरे ।

एडुजोनका अध्यक्ष दिल मास्की रानाले बुर्तिबाङ क्षेत्रमा एउटा भाषा सेन्टर आवश्यक रहेको हुँदा आफूहरुले संचालनमा ल्याएको बताए । यस क्षेत्रमा एडुजोनलाई स्थापित गर्नका लागि यहाँका नागरिकले सहयोग गर्ने अपेक्षा लिएको र भाषा पढ्न चाहनेलाई दक्ष बनाउने जिम्मो आफूहरुको रहेको रानाले बताए ।

कार्यक्रममा ढोरपाटन उद्योग वाणिज्य संघका महासचिव ज्ञानप्रसाद कँडेल लगायतले बोलेका थिए । एडुजोनका अध्यक्ष दिल मास्की रानाको अध्यक्षता र पत्रकार महासंघ बागलुङका सहसचिव डम्मर बुढा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बुर्तिबाङमा विस्तार गरिएको एडुजोनको शाखा पाँचौँ हो । बागलुङमा केन्द्रीय कार्यालय रहेर पर्वत, म्याग्दीमा पनि एडुजोनले भाषा कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->