बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौलिक झ्याउरे भाकामा ‘घन घन मादल’ सार्वजनिक

मौलिक झ्याउरे भाकामा ‘घन घन मादल’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८२, शुक्रबार

पोखरा/गायक रामचन्द्र ढकालको नयाँ गीत ‘घन घन मादल’ सार्वजानिक भएको छ । नेपाली लोकसंगीतमा विकृति मौलाइरहेको बेला गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक ढकालले नयाँ गीत ‘घन घन मादल’ ल्याएका हुन् । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका शान्ती श्री परियार, रामचन्द्र ढकाल, लिला पौडेल र शंकर ढकालको स्वर रहेको यस गीतमा गायक शंकर ढकालको प्रस्तुती रहेको छ । गीतका लय तथा शब्द संकलन लिला पौडेलले गरेका छन् भने भिडियोको परिकल्पना र निर्देशन रामचन्द्र ढकालकै रहेको छ । गायक रामचन्द्र ढकालले मौलिक झ्याउरे शैलीमा तयार पारिएको यस गीतले हराउँदै गइरहेका नेपाली मौलिक भाकाहरूको संरक्षणमा सहयोग पु¥याउने बताए । गीतको भिडियोमा गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ लाहुरे भूमिकामा देखिएका छन् ।

त्यस्तै अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनयले भिडियोमा थप आकर्षण थपेको छ । ‘घन घन मादल’ गीतले मौलिकताको स्वादमा रमाउने दर्शक र श्रोता माझ विशेष स्थान बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->