आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाल संगठनको भेलाबाट तारा शर्मा अध्यक्षमा सर्वसम्मत

बाल संगठनको भेलाबाट तारा शर्मा अध्यक्षमा सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८२, मंगलबार

बागलुङ/ नेपाल बाल संगठनको प्रथम जिल्ला भेलाले तारा शर्मा सभापति रहेको नयाँ समिति चयन गरेको छ । मंगलबार भएको भेलाले शर्मा नेतृत्वमा थप ७ सदस्यीय समिति सर्वसम्मत चुनेको हो । संगठनको उपसभापतिमा रेणु केसी हमाल, सचिवमा चुडामणी उपाध्याय र कोषाध्यक्षमा युगेश अधिकारी, सदस्यहरुमा भोजराज पौडेल, विष्णु विक, सृष्टी क्षेत्री र करमती पुन मगर रहेका छन् ।

भेलाले सबै सदस्य चयन गरेकोमा तत्कालै बसेको बैठकले पदाधिकारी चयन गरेको हो । निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले ८ सदस्य रहेको समिति घोषणा गरेका थिए । मंगलबारै भएको समितिको बैठकले पदाधिकारी पनि चयन गरेको सभापति तारा शर्माले जानकारी दिइन् । यसअघि सरकारले शर्माकै अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । समितिलाई भेलामार्फत अधिवेसन गराउने अधिकार दिएपछि मंगलबार जिल्ला भेला भएको हो ।

भेलाको उद्घाटन गर्दै नेपाल बाल संगठन केन्द्रीय समितिकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सडक र घरघरमा बालबालिकाको अवस्था दयनीय रहेकोले उनीहरुको हितमा निश्वार्थ काम गर्ने संस्थाको रुपमा बाल संठनलाई विकास गर्ने बताइन् । उनले कामदार बालबालिकालाई सुरक्षा गर्ने, उद्दार गर्ने काममा राज्यको दायित्व हुनुपर्नेमा अहिले सामाजिक संस्थाले गरिरहेको बताइन् । राज्यलाई उत्तरदायी बनाउने काममा पनि संगठनले भूमिका खेल्ने बताइन् ।

राज्य संचालनको महत्वपुर्ण जिम्मेवारीमा पुगेका कैयौं नेता तथा कार्यकर्ताहरु पनि बाल संगठनको संरक्षकत्वमा अगाडि बढेको स्मरण गर्दै उनले आँफैले लिटो खाएको संस्था नर्बिसन आग्रह गरिन् । उनले बाल संगठनको लामो इतिहास भएपनि सुसुप्त रहेकोले सक्रिय बनाउने बताइन् ।

२०१८ सालमा नेपाल बाल संगठन स्थापना भएको थियो । संगठनले स्थापना कालदेखिनै हरेक जिल्लामा बाल मन्दिर संचालन गर्ने, बालबालिकाको हितमा काम गर्ने, सडक र अन्य श्रमिक वा जोखिम क्षेत्रका बालबालिकाको उद्दार गरी पढाउने काममा पनि लाग्दै आएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, भीमा पोखरा युवा क्लबका अध्यक्ष तोया गौतम, धौलागिरि बहुमुखी क्याम्पस स्ववियु सभापति आस्मिन शेख, नेपाल पत्रकार महासंघ, बागलुङकी उपाध्यक्ष सिर्जना पन्त समेतले शुभकामना मन्तव्य राखेका थिए । तदर्थ समितिकी अध्यक्ष तारा गौतमको अध्यक्षता, चुडामणी उपाध्यायको संचालन र विज्ञान शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->