पोखरा/पोखरामा रहेका नेवार समुदायले सहरका विभिन्न भागमा तायःमचा (गाईजात्रा) नाच देखाएका छन् । दिवंगत आफन्तको सम्झनामा तायःमचा निकालिन्छ । यही अवसरमा नदीपुर तायःमचा समितिले पहिलोपटक सो क्षेत्रमा गाईजात्रा निकाल्यो ।
वडा नम्बर ३ को कार्यलयबाट सुरु भएको नाच नदीपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसी मार्ग, भैरवमन्दिर, बालमन्दिर, मिनमार्ट हुँदै सोही स्थानमा आएर समापन भएको समितीका अध्यक्ष गौतम उदासले जानकारी दिए ।





