बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमाल कलेज र डाइनामिक एकेडेमीमा स्वागत

हिमाल कलेज र डाइनामिक एकेडेमीमा स्वागत


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

पोखरा/हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कक्षा ११ तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, विशेष अतिथि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र एन–पाब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईलगायतले विद्यार्थी र अभिभावकलाई शुभकामना दिएका थिए ।

अतिथिहरूले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र गुणस्तरीय शिक्षाको महत्वबारे सन्देश दिँदै अभिभावकलाई उत्कृष्ट शिक्षालय रोजेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिनुका साथै विद्यार्थीबीच ट्यालेन्ट शो प्रतियोगिता आयोजना गरिएको थियो।
सहायक क्याम्पस प्रमुख लीला पराजुली र विद्यार्थी प्रवेश यादवले सञ्चालन गरेको कार्यक्रमको समापन कलेजका अध्यक्ष चेतनाथ भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->