बागलुङ/ रोट्रयाक्ट क्लव अफ गलकोट बागलुङको छैठौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष रोटरीयन दिपेन्द्र घिमिरेले युवाहरुद्धारा गलकोटमा स्थापित यस्ता क्लवलहरुले गलकोटको विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउए। उनले रोट्रयाक्ट क्लवले मानव सेवा एवम् सामाजिक कार्य गरी समाजमा स्थापित भई आफ्नो छुट्टै पहिचान बनाएकोमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ गलकोट वर्ष २०२४-२५ का अध्यक्ष लक्ष्मि पुनले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यकालमा सहयोग गर्ने सम्पुर्ण क्लवका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरिन ।
कार्यक्रमको अवसरमा रोट्रयाक्ट वर्ष २०२४-२५ द्धारा २०२५-२६ का पदाधिकारीहरुलाई पद हस्तान्तरण तथा पदभार ग्रहण गरेका थिए ।
त्यस्तै कार्यक्रमको अवसरमा रोट्रयाक्ट क्लव अफ गलकोटका पुर्व अध्यक्ष रोट्रयाक्टर अनिल श्रेष्ठले आफ्नो स्वर्गिय हजुरबुबा पद्म नारायण श्रेष्ठको स्मृतिमा चमुवा आधारभुत विद्यालयमा अध्ययनरत २ जना छात्रालाई छात्रवृत्ति प्रदान गरे ।
कार्यक्रमको अवसरमा रोट्रयाक्ट क्लव अफ गलकोट २०२४-२५ का अध्यक्ष रोट्रयाक्टर लक्ष्मि पुनले सिग्नेचर प्रोजेक्टको रुपमा एक कदम आशाको कार्यक्रम घोषणा गरेका थिए। उक्त प्रोजेक्ट अन्तर्गत रहेर सानो कदमले ठूलो आशा फैलाउन सक्छ भन्ने उद्देश्यले पुनले वार्षिक रुपमा ७ हजार सहयोग गर्ने बताउनुभएको थियो । उनले आज उक्त कार्यक्रम अन्तर्गत नगद रु ७ हजार गलकोट वेदवेदाङ्गका विद्यार्थीहरुलाई प्रदान गरिने बताए।
रोट्रयाक्ट वर्ष २०२५-२६ का लागि नविन सुवेदीकोको अध्यक्षतामा पदाधिकारीहरु चयन भएका थिए ।





