आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बार एसोसिएन बागलुङको पदस्थापना

बार एसोसिएन बागलुङको पदस्थापना

पदभार ग्रहण गर्दै अध्यक्ष गीता श्रीषले बारको उचाइलाई कायम राख्दै अदालत र कानून व्यवासायीको मर्यादामा आँच आउन नदिने बताइन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८२, सोमबार

बागलुङ/उच्च अदालत बार एसोसिएन बागलुङको नयाँ कार्यसमितिको पदस्थापना सोमबार सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार भएको अधिवेसनले गीता श्रीषको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो ।

सोमबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका संयोजक काजी गाउँले श्रेष्ठले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा पदभार ग्रहण गर्दै अध्यक्ष श्रीषले बारको उचाइलाई कायम राख्दै अदालत र कानून व्यवासायीको मर्यादामा आँच आउन नदिने समेत बताइन् । उनले नागरिकको न्यायका लागि मात्र नभइ नागरिक समाजको समन्वयमा समेत काम गर्ने प्रतिवबद्दता जनाइन् ।

कार्यक्रममा निर्वतमान अध्यक्ष रमेशबहादुर खड्काले निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए भने वरिष्ठ अधिवक्ता पदमनाथ शर्माले बारलाई नयाँ उचाइमा लैजानका लागि युवा पुस्ता अगाडि बढ्नुपर्ने बताए ।

अधिवेसनले गीता श्रीष अध्यक्ष, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा, कोषाध्यक्षमा रामराजा कंडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तेजेन्द्रबहादुर थापा, नरेन्द्रप्रताप सिंह बुढाथोकी, प्रकाश बराल र लक्ष्मीदेवी जिसी कार्की चयन भएका थिए । केन्द्रीय पार्सदमा अखिलनाथ शर्मा, हरिप्रसाद गौतम, बद्रीप्रसाद शर्मा र गोबिन्द गौतम चयन भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->