बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार २ जना गम्भीर घाइते

तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार २ जना गम्भीर घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

दमौली/ तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान साढे पाँच बजेतिर बन्दिपुर गाउँपालिका(४ सानो डुम्रेस्थित मोति अस्पताल अगाडी पृथ्वीराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार डुम्रेबाट नारायणगाढतर्फ जाँदै गरेको ना.१ ज ८३२८ नम्बरको म्याजिकलाई सोही दिशातर्फ जाँदै गरेको ना. ८ ख ८४१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार चारमध्ये दुईजना घाइते भएका हुन्।

घाइते हुनेमा बन्दीपुर-१ निवासी ४५ वर्षीया रिता पोख्रेल र गोरखाको गोरखा नगरपालिका-७ घर भएका ३२ वर्षीय सुवास कुमाल छन्। घाइतेमध्ये रीता पोख्रेलको अवस्था गम्भीर छ। दुवै घाइतेलाई डुम्रेस्थित मोती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बसका चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ३ बस्ने बर्ष ३२ को राजु गिरी र म्याजिक चालकलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->