बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने 

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने 


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

पोखरा / जेन जी आन्दोलनका कारण उत्पन्न असामान्य परिस्थितिले बन्द रहेका पोखरा महानगरपालिकाभित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् । पोखरा महानगर कार्यपालिकाको शनिवार बसेको बैठकले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यका अनुसार असामान्य परिस्थितिका कारण विगत केही समयदेखि विद्यालयहरू पूर्ण रुपमा बन्द भएकोमा विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै र अहिलेको अवस्थालाई मूल्यांकन गरेर विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->