सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

हिलसाइडमा शोकसभा

हिलसाइडमा शोकसभा


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८२, बुधबार

पोखरा/पोखरा–५ मालेपाटनस्थित हिलसाइड अंग्रेजी स्कूलले शोकसभा तथा दीपप्रज्ज्वल कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय तहका विद्यार्थीहरूले प्राचार्य डिल्लीराम भट्टराईका साथमा दीप प्रज्ज्वलन गर्दै जेनजी आन्दोलनको क्रममा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । साथै उनीहरूले भोलिको विकसित, समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा आआफ्नो ठाउँबाट योगदान दिने प्रतिबद्धता एक मिनेट मौनधारण गरे ।

कार्यक्रममा विद्यालयका सूचना अधिकारी होमनाथ भट्टराईले हाल देशभरि फैलिएको राजनीतिक अस्थिरता, आन्दोलन र त्यसले मुलुकको विकासमा पारेको असरबारे विस्तृत जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->