आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाड गाँउपालिकामा लागेको ताला खुल्यो

बडिगाड गाँउपालिकामा लागेको ताला खुल्यो


  • अनिष पाठक
  • असोज १ २०८२, बुधबार

बागलुङ (खर्वाङ)/तीन दिनदेखि बडिगाड गाँउपालिकामा लागेको ताला बुधबार तीन सर्तसहित खोलिएको छ । पालिका उपाध्यक्ष भिमसेन वनसहितको राजनितिक दलका प्रतिनिधी र युवाको सामुहिक छलफलपछि ताला खोलिएको हो ।

युवाले आरोप लगाएका बडिगाड वडा नं. ५ का स्थानीय प्रदिप खरेलले आफुले बालुवा अवैध रुपमा उत्खनन् गरेको स्विकार गर्दै कानुनबमोजिम जरिवाना तिर्न राजी भएपछि ताला खोलिएको छलफलमा सहभागी सुनिल कार्कीले बताए ।

पालिकाको जोगीबगरमा अवैध उत्खनन् गरिएको बालुवाको २ लाख ५० हजार जरिवाना स्वरुप पालिकालाई बुझाउने, बडिगाड गाउँपालिकाको सिमानाभित्र संकलन गरि राखिएका सबै अवैध बालुवा पालिकाले नियन्त्रणमा लिने र छलफलमा भएको सहमतिलाई कार्यपालिका बैठकमा लैजाने निणर्यसंगै ताला खोलिएको कार्कीले बताए ।

जिल्ला समन्वय समितिसंग सहकार्यमा अवैध बालुवा निरक्षण तथा पालिकाको नियन्त्रणमा रहने र पालिकालाई जरिवाना तिर्ने लगाएतका विषयमा सर्वपक्षिय भेलाबाट सहमति जुटेपछि ताला खोलिएको पालिका उपाध्यक्ष भिमसेन बनले जानकारी दिए ।

यसअघि पनि खरेलले अवैध बालुवा उत्खनन् गरेपनि मिलेमहतोमा सहमति भएको र अहिले पनि उनैले अबैध बालुवा पालिकाकै मिलेमहतोमा उत्खन्न गरेको युवाको आरोप थियो । युवाले अवैध बालुवाका उत्खनन् गर्दै गर्दा उनलाई राती १ बजे बडिगाड खोलामा समातेका थिए ।

जेनजी आन्दोलनकै दिन मध्यरातमा पुनः अबैध रुपमा बालुवा उत्खनन् गरेपछि युवा आक्रोशित भएका थिए । उनीहरुले गाउँपालिकामा छलफलबाटै समाधान खोज्न पहल गरेपनि कार्यालयमा पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृत नभएको र विषय साम्य पार्न खोजिएको भन्दै गाउँपलिकाको कार्यालयमा भदौ २९ गते ताला लगाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->