आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

छिस्तीमा खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्द

छिस्तीमा खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्द


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८२, बुधबार

बागलुङ/अबिरल बर्षाले पहिरो खस्दा बागलुङमा कालीगण्डकी करिडोर अबरुद्द भएको छ । जैमिनी नगरपालिका ८ छिस्तीमा खसेको पहिरोले करिडोर पुर्ण रुपमा अबरुद्द भएको प्रहरीले बतायो ।

बुधवार बिहान १० बजे खसेको पहिरोले सडक अबरुद्द भएको हो । सडक रोकिंदा सवारी साधन सहित पैदल यात्रीपनि आवतजावत गर्न पाएका छैनन् । पहिरो गएको थाहा पाउनासाथ प्रहरी चौकी छिस्तीदेखि प्रहरी हवल्दार यादवहादुर कार्की नेतृत्वमा गएको टोलीले सडक खुलाउने प्रयास थालेको छ । तर तत्काल खुलाउन असंभव भएपछि प्रहरीले स्थानीय तहसँग सहकार्य गरेको थियो । पहिरो पन्छाउनकालागि जैमिनी नगरपालिकाले पनि पहल गरेको जनप्रतिनिधिले बताए । घटनास्थल प्रहरीचौकी छिस्तीदेखि १ सय मीटर उत्तरमा पर्छ । उक्त स्थान सदरमुकामदेखि ३६ किमी दक्षिणमा पर्छ ।

करिडोरको कालाखोला खण्डमा एक महिना अघि खसेको पहिरो पनि हटाउन नसकेपछि अस्थायी रुपमा एकतर्फी खुलेको सडक झरी पर्नासाथ अबरुद्द भैरहेको छ । बागलुङ नगरपालिका १३ को कालाखोलामा खसेको पहिरो पनि अहिले सम्म पन्छाउन नसकेपछि जिप मात्र चल्ने अबस्थामा छ । ट्रक र बस भने एक महिनादेखि यो खण्डमा चल्न नसकेका हुन् ।

बागलुङ नगरपालिका वडा नंं १० को कालाखोलामा खसेको पहिरोले भने तीन महिनादेखि नै मालढुंगादेखि कुश्मीसेरा जाने सडक अबरुद्द छ । ५ बर्षदेखिको यो पहिरो नियन्त्रण नभएपछि बर्षातमा सँधै सास्ती भएको हो । यो पहिरोले पनि करिडोरको खण्ड पटक पटक बगाएर सडक अबरुद्द भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->