आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संविधान : ‘संविधानमार्फत राज्यको निकायमा अबसर सिर्जना’

संविधान : ‘संविधानमार्फत राज्यको निकायमा अबसर सिर्जना’


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८२, शुक्रबार

बागलुङ/संविधान सभाका सदस्यहरुले वर्तमान नेपालको संविधान आम नागरिकको स्वतन्त्रता, नागरिक सर्वोच्चता र अधिकार प्राप्तीको दस्तावेज भएको बताएका छन् । उनीहरुले पछाडि पारिएको वर्ग र समुदायले यो संविधानमार्फत राज्यको निकायमा अबसर सिर्जना गरेको बताए ।

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा शुक्रवार भएको संविधान दिवश मुल समारोहमा संविधानसभा सदस्य चम्पादेवी खड्काले संविधान कार्यान्वयनमा भने समस्या आएको बताइन् । युवाहरुको चाहना अनुसारको नेतृत्व, सुशासन र भ्रष्टाचार निर्मुल पार्ने काम गर्न सरकार अग्रसर हुनुपर्ने बताइन् । ‘जेनजी युवाहरुले उठाएका धेरै माग सकारात्मक र आवस्यक छन्’ उनले भनिन्, ‘नेतृत्वले ती माग सम्बोधन गर्नुपर्छ ।’ उनले संविधानमा लेखिएका असल कुरालाई उजागर गर्ने र सरकार संचालनमा भएका कमजोरी सच्याउनु पर्ने सुझाव दिइन् ।

संविधानसभाकै अर्का सदस्य नरबहादुर थापाले संविधानलाई दोष दिनुभन्दा काम गर्नेले सही ढंगले गर्न सक्नुपर्ने बताए । उनले निरंकुश शासन अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र स्थापनापछी देशमा शान्ति आएको भन्दै त्यो अबस्थालाईपनि मध्यनजर गरेर अहिले उठेका समस्या समाधान गर्नुपर्ने बताए । उनले संविधानको बिकल्प खोज्ने बेला नभइ यसका अन्तरवस्तुलाई कार्यान्वयन गर्ने बेला आएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र उच्च अदालत बार इकाई बागलुङकी अध्यक्ष गीता श्रीषले संविधानले मौलिक हकको व्यवस्था, सिमान्तकृत नागरिकलाई मुल प्रवाहीकरण र राज्यका महत्वपुर्ण निकायमा महिला,दलीत, मधेसी र पछाडि पारिएका वर्ग समुदायलाई पु¥याएको बताए । ‘यो संविधान नआएको भए महिलाले राज्यको निकायमा यति राम्रो प्रतिनिधित्व समेत पाउने थिएनन्’ श्रीषले भनिन्, ‘नेतृत्वले कतिपय कानून बनाउन ढीला गर्दा जनताले समयमा सेवा प्रवाह पाउन सकेनन् ।’ त्यसको बिरोधमा जेनजी बिद्रोह जन्मेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा संविधान दिवश मुल समारोह समितिका संयोजक अमरबहादुर थापाको अध्यक्षता, जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालन र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको स्वागतमा सम्पन्न कार्यक्रम अघि प्रभात फेरी मार्फत ट्राफिक चोकदेखि रामरेखा स्थित सहिदपार्क सम्म ¥याली समेत गरिएको थियो । राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सशष्त्र प्रहरी, नेपाल प्रहरी, कानून व्यवसायी, नागरिक समाज, धार्मिक संघसंस्था लगायत संविधान दिवशमा सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->