आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पहिचानको दस्तावेज भएकोले संविधान जोगाऔं : कांग्रेस

पहिचानको दस्तावेज भएकोले संविधान जोगाऔं : कांग्रेस


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८२, शुक्रबार

बागलुङ/संविधान देशको मुल कानून हो । यो जनताले चुनेका जनप्रतिनिधिबाट बनेको र सबैखाले क्षेत्र, लिंग, बर्गको प्रतिनिधित्व भएको संविधान भएकोले यो जोगाउनुपर्छ ।

संविधानले पहिलो पटक महिलालाई बंशको अधिकार दिएको छ । अहिले सम्म भएका सबैखाले आन्दोलनको मागलाई सम्बोधन गरिएको छ । शिक्षा, स्वास्थ्य मात्र नभइ आबास, रोजगार समेतको मौलीक हकको व्यवस्थापन गरेको छ । त्यसलाई कानून बनाएर कार्यान्वयन गर्न नसक्ने नेतृत्व बिस्थापित भएपनि यो संविधान अग्रगामी छ त्यसैले जोगाउनु पर्छ ।

नेपाली कांग्रेस बागलुङले संविधान दिवशको अबसरमा आयोजना गरेको ‘किन जोगाउने संविधान ?’ बिषयक बिमर्श कार्यक्रममा सहभागिले संविधान जोगाउने आधार तथा कसरी जोगाउने भन्ने तर्क पनि पेश गरेका थिए । संविधानलाई धज्जी उडाउने काम देशका राजनीतिक नेतृत्वले गरेकोले त्यसबाट आएको परिणाम बारे नेतृत्वले माफी समेत माग्नुपर्ने धारणा पनि राखे ।

उक्त अबसरमा अधिवक्ता तेजेन्द्र थापाले किन जोगाउने संविधान बिषयक प्रस्तुतीकरण राखेका थिए । कार्यकर्ता र पेशागत संस्थाका प्रतिनिधिले भने संविधान जोगाएर देशलाई विधिको शासनमा हिडाउनुपर्ने बताए । प्रधानमन्त्री नियुक्तीमा संविधान मिचिएको दलहरुले बताउँदै आएका छन् । प्रस्तुतीकरण गरेका थापाले भने संक्रमण कालमा संविधान पढ्ने भन्दा आवस्यकताको सिद्दान्तमा हिड्ने गरेको पनि दृष्टान्त सुनाए । बरु सबै दल मिलेर तोकेको समयमा निर्वाचन सम्पन्न गरेमा संविधान आँफै ट्रयाकमा आउने समेत उनीहरुको भनाइ छ । कार्यक्रममा केन्द्रीय सदस्य किरणराज पौडेल, चम्पा खड्का, पूर्व सभापति मणभद्र कंडेल, पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, प्रदेशसभा सदस्यहरु दिलमाया पौवी, डिल्लीराम सुवेदी, द्रोण कुँवर, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, भूमिश्वर गौतम, उच्च अदालत बार इकाईका अध्यक्ष गीता श्रीष, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर, महासमिति सदस्य सिताराम रसाईली, कल्पना हमाल, महिला नेतृ पार्वती आचार्य, बिद्यार्थी नेताहरु मनिष थापा, बिष्णुराज पौडेल र बिशेष पराजुली लगायतले संविधान जोगाउने आधार बारे बोलेका थिए । उनीहरुले वर्तमान नेतृत्व असफल भएकोले तत्काल बिशेष महाधिवेसन घोषणा गरेर जानुपर्ने र नयाँ नेतृत्व मार्फत निर्वाचनमा जानुपर्ने धारणा पनि राखेका थिए । उनीहरु सबैले संविधान जोगाउँदा लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक पद्दती र पहिचानको दस्तावेज जोगिने पनि बताए । कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालन र सहसचिव ज्ञानु श्रीषको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->