आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा धनकाजी

विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा धनकाजी


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८२, सोमबार

बागलुङ / बागलुङ नगरपालिका-७ कालिमाटीस्थित विश्वकर्मा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । शनिवार सपमन्न भएको पूर्व विद्यार्थीको भेलाले धनकाजी विश्वकर्माको अध्यक्षतामा ‘विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्च’ गठन गरेको हो ।
पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा यमुना विश्वकर्मा, सचिवमा हरि गौतम, कोषाध्यक्षमा ओमराज गौतम र सहसचिवमा गोविन्द गौतम रहेका छन् । मञ्चको सदस्यहरुमा अर्जुन गौतम, रन्जिता शर्मा, खगराज गौतम, सोमराज पाण्डेय, गणेश गौतम, काजी परियार, राजु विक, प्रकाश गैरे, तेजेन्द्र गैरे, बैकुण्ठ निउरे, संगिता गौतम, विष्णु शर्मा, टोप वहादुर कार्की, हरिप्रसाद गौतम, सिता शर्मा र शंकर निउरे रहेका छन् ।
पूर्व विद्यार्थी मञ्चको सल्लाहकार संयोजक तथा विदेश विभाग प्रमुखमा विद्यालयका पूर्व प्रधानाध्यापक डम्वर विश्वकर्मा रहेको सचिव हरि गौतमले बताए । मञ्च विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीहरुको सर्वाेत्तम हितमा क्रियाशिल रहने अध्यक्ष धनकाजी विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->