बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ताराखोलामा जीप दुर्घटना, एकको मृत्यु चार जना घाईते

ताराखोलामा जीप दुर्घटना, एकको मृत्यु चार जना घाईते


  • अनिष पाठक
  • असोज १७ २०८२, शुक्रबार

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्वर १ अन्तर्गत पर्ने गाईघाट झरना नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षिय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षिय मिलन परियार, ४३ वर्षिय बिरवल परियार र २६ वर्षिय दिनेश थापा घाईते भएका छन् । घाईते मध्ये २६ वर्षिय थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ । जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->