काठमाडौं / नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेदेखि पर्साको वीरगञ्जमा १५ औं महाधिवेशन गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले महाधिवशेन गर्ने निर्णय गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई महाधिवेशनमा लैजान तयारी थाल्ने निर्णय गरेको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । चुनाव अगाडि नै काँग्रेसको महाधिवेशन हुनेगरी असोज २६ गतेबाट हुने केन्द्रिय समिति बैठकमा प्रस्ताव लगिने भएको छ ।





