काठमाडौं / गृह मन्त्रालयले दुईजना पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी खोस्ने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो।
गृहका एक अधिकारीका अनुसार प्रचण्डले मापदण्डभन्दा ३४ र ओलीले २७ जना सुरक्षाकर्मी बढी राखेको पाइएको छ। “मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय तुरुन्तै कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई लेखी पठाइने छ,” ती अधिकारीले भने। पूर्वप्रधानमन्त्रीको सुरक्षामा सरकारले सशस्त्र र नेपाल प्रहरीका अलग अलग टोली खटाउने गरेको छ।
राष्ट्रिय सुरक्षा समितिको बिहिवार वसेको बैठकले पूर्व पदाधिकारीलाई स्वीकृत मापदण्ड भन्दा बढी उपलब्ध गराइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले बताए ।





